जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर ३.८४ प्रतिशतले घट्यो

बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर ३.८४ प्रतिशतले घट्यो

 वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत १०.२२ प्रतिशतबाट घटेर ६.३८ प्रतिशत कायम भएको छ । अवधिमा १ वर्ष अगाडिको तुलनामा ब्याजदर ३.८४ प्रतिशत विन्दुले घटेको हो ।

बैंकहरुले मुद्दतिमा प्रदान गर्ने औसत ब्याजदर असोज महिनामा ६.३८ कायम भएको छ । गत असोजमा मुद्दतिमा प्राप्त हुने ब्याजदर १०.२२ प्रतिशत थियो । त्यसपछिका महिना भने उक्त दर लगातार जस्तो घटेको हो । गत असोजमा १०.२२ प्रतिशत रहेको बैंक ब्याजदर कात्तिकमा ९.९६ प्रतिशत, मंसिरमा ९.६३, पुस ८.९९, माघ ८.१७ प्रतिशतमा झरेको थियो । गत फागुनमा ७.७६, चैतमा ७.२५, वैशाखमा ७.०६ प्रतिशत कायम भएको थियो । जेठ महिनामा बैंकहरुको औसत ७ प्रतिशत रहेको मुद्दतिको ब्याजदर त्यसयता, ७ प्रतिशतभन्दा तल नै रहेको छ।

पछिल्लो समय बैंकहरुसँग तरलता थुप्रिएको छ । जसले गर्दा राष्ट्र बैंकले पनि अरबौं रकम बजारबाट खिचेको छ । अहिले बैंक वित्तीय संस्थाहरुको २ खर्ब ७६ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ ।

2370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका