जोडिनुहोस
आइतवार, अशोज ६, २०८१
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ग्यास उद्योग संघमा विवाद, अध्यक्ष घिमिरेले निजी कम्पनीजस्तो चलाएको भन्दै सामूहिक राजीनामा

ग्यास उद्योग संघमा विवाद, अध्यक्ष घिमिरेले निजी कम्पनीजस्तो चलाएको भन्दै सामूहिक राजीनामा

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्षसहित चार जनाले राजीनामा दिएका छन्।
संघका अध्यक्ष शिवप्रसाद घिमिरे विधान र पद्धति अनुसार नचलेको भन्दै उनीहरुले आइतबार राजीनामा दिएका हुन्। संघको केन्द्रीय कार्यालय अनामनगरमा उनीहरुले अध्यक्ष घिमिरेलाई संबोधन गर्दै राजीनामा दर्ता गराएका छन्। संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष कुश मल्ली, महासचिव जीतबहादुर(जेबी) कार्की, संघका सल्लाहकार मार्स प्रसाईं र कार्य समिति सदस्य आदित्य रिजालले राजीनामा दिएका हुन्।

संघका महासचिव कार्कीले संघको विधि र पद्धति अनुसार नेतृत्व नचलेपछि बाध्य भएर राजीनामा दिनुपरेको बताए। ‘संस्थाको विधि र पद्धति हुन्छ। त्यो अनुसार अध्यक्ष पनि चल्नुपर्छ,’ उनले भने, ‘अध्यक्षज्यू एकलौटी हिसाबले निजी संस्थाजस्तो गरी संघ हाँक्न थाल्नुभयो। त्यही भएर हामीले राजीनामा दिन बाध्य भयौं।’

उनका अनुसार नेतृत्वले कार्यसमिति छलेर पदाधिकारी बैठक राखेर निर्णय गर्न थालेपछि विकल्प खोजिएको हो। ‘नेतृत्वले गरेको काम कारवाहीमा आलोचना हुन थालेपछि कार्यसमिति बैठक छलेर आकस्मिक रुपमा पदाधिकारी बैठक राख्ने काम भयो,’ कार्कीले भने यो बलमिच्याईं हामीले टुलुटुलु हेर्न सकेनौं। त्यसैले हामीले राजीनामा दियौं।’

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?