जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंकले भिजा लिडरसिप कनक्लेभमा पायो अवार्ड, उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्ट

प्रभु बैंकले भिजा लिडरसिप कनक्लेभमा पायो अवार्ड, उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्ट

भिजा इन्टरनेसनलद्वारा आयोजित भिजा लिडरसिप कनक्लेभ नेपाल २०२४ मा प्रभु बैंकले दुई अवार्ड हात पारेको छ।

बैंक एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस र एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन विधामा सम्मानित भएको हो।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड प्राप्त भएको हो। दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तारसँग सम्बन्धित छ।

प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको बैंकको दाबी छ। जहाँ व्यावसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ। यो चल्ती खाता खोलेर कारोबार गरिरहेका कर्पोरेट खाताधनी लक्षित सुविधा हो।

1905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्