जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • क्यान र मेटलाइफको साझेदारी, १६० खेलाडीहरूको बीमा सुरक्षा योजनामा समेटिने

क्यान र मेटलाइफको साझेदारी, १६० खेलाडीहरूको बीमा सुरक्षा योजनामा समेटिने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मेटलाइफ नेपालसँगको साझेदारी गरेको छ। यस सहकार्यले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यस साझेदारीअन्तर्गत मेटलाइफ नेपालले करिब १६० जनालाई बीमा कवरेज प्रदान गर्नेछ। बीमा योजना अन्तर्गत दुर्घटनामा मृत्यु भएको खण्डमा १० लाख रुपैयाँ, दुर्घटनाजन्य उपचार खर्चमा २ लाख रुपैयाँ, र अस्पतालमा भर्ना हुनु परे १ लाख रुपैयाँसम्मको बीमा कवरेज उपलब्ध गराइनेछ।

क्यान र मेटलाइफबीचको यो सहकार्यले राष्ट्रिय क्रिकेट खेलाडीहरूको सुरक्षामा थप सुनिश्चितता दिलाउने विश्वास गरिएको छ।

1760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका