आर्थिक विशेष
नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी
0 टिप्पणी
![नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी](https://aarthikbazarnews.com/wp-content/uploads/2024/10/Nepal_merchant_banker_association-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष भएका छन् ।
यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव र शिभान्त राज पाण्डे कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनीहरु निर्वाचित भएको संघले जनाएको छ ।