जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई कम्बल वितरण

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई कम्बल वितरण

सेञ्चुरी कमर्सियल बैंकले सिमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल बितरण गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ छेडामा सिमान्तकृत बालबालिकालाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जनालाई कम्बल बितरण गरेको छ ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

7015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका