जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नेपाल बैंक र समाज डेण्टल बीच सम्झौता

नेपाल बैंक र समाज डेण्टल बीच सम्झौता

नेपाल बैंक लिमिटेड र समाज डेण्टल अस्पताल बीच सम्झौता भएको छ । असोज १८ गते बैंकका कर्मचारी र बैंकका ग्राहकलाई अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई १० प्रतिशतले छुट हुने भएकोे छ । 

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं स्थित नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोक स्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उपचार सेवा लिन सक्ने बैंकले जनाएको छ ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका