सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण हुनेछ ।