जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • बैंकहरुको चाडपर्व लक्षित अटो कर्जा योजना

बैंकहरुको चाडपर्व लक्षित अटो कर्जा योजना

गाडी किन्न वाणिज्य बैंकहरुले अहिले धमाधम स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन्। कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरी न्यूनतम ७.७७ प्रतिशतदेखि अधिकतम १२.४९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा बैंकहरुले ऋण दिइरहेका हुन्।

अधिक तरलताका कारण बैंकहरुले लामो अवधिका लागि स्थिर ब्याजदरमा गाडी कर्जा दिइरहेका छन्। पछिल्लो समय निरन्तर ब्याजदर घट्‌दै आइरहेका कारण कर्जाको औसत ब्याजदर ९.९० प्रतिशतमा झरेको छ।

ब्याजदर घट्दै गर्दा कर्जा भने बढ्न सकेको छैन। घट्दो ब्याजदर र चाडपर्वलाई लक्षित गर्दै बैंकहरुले सस्तो ब्याजदरका अटो कर्जा ल्याउन थालेका छन्।

चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा अटो कर्जा ल्याएको छ। बैंकले भदौ १ गतेबाट कात्तिक मसान्तसम्म लागू हुने गरी अटो कर्जाको स्किम ल्याएको हो। बैंकले चाडपर्वलाई लक्षित गरी ७ वर्ष अवधिको लागि ब्याजदर परिवर्तन नहुँने गरी सो कर्जा ल्याएको हो।

कृषि विकास बैंकले स्थिर ‘बेसरेट’मा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले स्थिर बेसरेटमा ४ प्रतिशत प्रिमियम कायम हुनेगरी अटो कर्जा ल्याएको छ।

नेपाल एसबिआई बैंक, सानिमा बैंक र नेपाल बैंकले भने बेसरेटमा अटो कर्जाको स्किम ल्याएका छन्। नेपाल बैंकले बेसरेटमा २ प्रतिशत र सानिमा बैंकले साढे १ प्रतिशतदेखि साढे ३ प्रतिशत नेपाल एसबिआइ बैंकले ०.२५ देखि ३ प्रतिशत प्रिमियम कायम गर्ने गरी अटो कर्जाको स्किम ल्याएको छ।

एनएमबि बैंक, नबिल बैंक, कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले एकल अंकको ब्याजदरमा अटो कर्जाको स्किम ल्याएका छन्। आधा दर्जन बैंकले भने दोहोरो अंकको स्थिर ब्याजदरमा अटो कर्जाको स्किम ल्याएका छन्।

हिमालय बैंक, सिटिजन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंक बैंकले दोहोरो अंकको स्थिर ब्याजदरको अटो कर्जा ल्याएका छन्।

नबिल बैंकले चाडपर्व लक्षित गरी ५ वर्ष र ७ वर्ष अवधिको लागि स्थिर ब्याजदरको अटो कर्जाको स्किम ल्याएको छ। बैंकले ५ वर्ष अवधिको अटो कर्जा ८.२५ प्रतिशत र ७ वर्ष अवधिको कर्जाको स्थिर ब्याजदर ८.४९ प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण पराजुली चाडपर्वलाई लक्षित गरी ७ वर्ष अवधिको अटो कर्जा ७.७७ प्रतिशतमा ल्याएको बताउँछन्।

‘निरन्तर तरलता बढ्दै गइरहेको छ। राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६५ प्रतिशत छ,’ खनालले भने, ‘पर्याप्त तरलता र चाडपर्व लक्षित गरी सस्तो ब्याजदरमा स्थिर ब्याजदरको अटो कर्जा ल्याएका हौं।’

प्राय: बैंकहरुले चाडपर्वलाई मध्यनजदर गर्दै विभिन्न स्किम ल्याउने गरेको उनको भनाइ छ।

ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेल गत भदौमा नाडा अटो शोलाई लक्षित गरी सस्तो ब्याजदरको स्किम ल्याएको र अहिले भने स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको बताउँछन्।

‘नाडा अटो शोलाई मध्यनजर गर्दै अटो कर्जाको स्किम ल्याएका थियौं। त्यसले कर्जा पनि बढाएको थियो,’ उनले भने, ‘चाडपर्व लक्षित नै भनेर स्किम नभएपनि स्थिर ब्याजदरको अटो कर्जा दिइरहेका छौँ।’

कुन बैंकको कर्जा किसिम कस्तो ?

बैंककर्जा अवधिब्याजदर
एनएमबि५ वर्ष, ७ वर्ष इभी८.८९, ८.९९
नबिल(चाडपर्व लक्षित ५ वर्ष, ७ वर्ष) ५ वर्ष, ७ वर्ष(चाडपर्व लक्षित ८.२५, ८.४९) ९.९९, १०.४९
कुमारी५ वर्ष८.९९
नेपाल बैंक(स्थिर बेसरेटमा) ५,७,२.५
कृषि विकास बैंक(स्थिर बेसरेटमा)
प्रभु५ वर्ष, ५ वर्ष माथि९.५, ११.५
सानिमा( बेसरेटमा) अटो कर्जा१.५–३.५
प्राइम कमर्सियलअटो कर्जा११–१३
लक्ष्मी सनराइजअटो कर्जा बेसरेटमा८.९९-११.९९
एनआइसी एसिया१० अटो कर्जा११.९९
राष्ट्रिय वाणिज्य बैंक५ –१० वर्ष, १० वर्ष माथि१०.५०, ११.५०
माछापुच्छ्रे५ वर्ष, १० वर्ष१०, ११
ग्लोबल आइएमई५ वर्ष, १० वर्ष, १० वर्ष माथि१०.४९-११.४९,११.४९-१२.४९
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल एसबिआईबेसरेटमा०.२५-३
एभरेस्ट७ वर्ष९.५०
नेपाल इन्भेष्टमेन्ट७ वर्ष१२
सिटिजन्स्५ वर्ष, १० वर्ष१०.५०,११
सिद्धार्थ(इभी अटो कर्जा) ५ वर्ष, १० वर्ष(९.९९-१०.२५)१०.७५, ११.२५
हिमालयन७ वर्ष१०.७५

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?