जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने

तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने

अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा गरेको हो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा ट्राभल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

विमानस्थलको सुविधामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले यस आयोजनालाई ‘प्रोजेक्ट अनन्त’ नाम दिइएको अडानी विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल केरलाका प्रतिष्ठित मन्दिरहरूको आधारमा डिजाइन गरिनेछ । हाल यो विमानस्थल ४५ हजार वर्गमिटरमा फैलिएको छ र यसले वार्षिक ३२ लाख यात्रुलाई सेवा दिन्छ । विमानस्थलको डिजाइनमा क्यास्केडिङ स्टेप्स र टेरेस्ड स्तरहरू समावेश हुनेछन् ।

नयाँ टर्मिनलमा प्लाजा, होटल, अतिरिक्त प्रशासनिक ठाउँ र सुधारिएको कार पार्किङ सुविधा सबै एकै ठाउँमा हुनेछ । विमानस्थलको विस्तारपछि यसको आकार ४५ हजार वर्गमिटरबाट १ लाख ६५ हजार वर्ग मिटर पुग्ने छ । यसपछि यसले हरेक वर्ष करिब १२ करोड यात्रु ह्याण्डल गर्न सक्नेछ ।

अन्य अपग्रेडहरूमा एयरपोर्टमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय कार्गो कम्प्लेक्स र रिमोट चेक–इन विकल्प समावेश छ । यी सबैले आधुनिक एयरपोर्ट अनुभवमा योगदान पुर्‍याउने विश्वास छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले अक्टोबर २०२१ मा तिरुवनन्तपुरमको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, व्यवस्थापन र विकासको जिम्मा लिएको थियो ।

तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल राज्यको चार विमानस्थलमध्ये पहिलो हो । सन् १९३२ मा सुरु भएको यो एयरपोर्ट पहिले भारतीय एयरपोर्ट्स अथोरिटीको स्वामित्व र सञ्चालनमा थियो । एजेन्सी

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका