जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मन्त्रिपरिषद् बैठकका यी हुन् १० निर्णय

मन्त्रिपरिषद् बैठकका यी हुन् १० निर्णय

सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यकीय सेवा सञ्चालन गर्नेलगायतका १० निर्णय गरेको छ । त्यस्तै बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु यस्ता छन् ।

१. सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सञ्चालन गर्ने । कर्मचारीलाई सट्टा विदा दिने । कुन-कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचीकृत गर्ने ।

२. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने ।

३. नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८ ०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्ट्रपतिसमक्ष पेस गर्ने ।

४. विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने ।

५. चालू आर्थिक वर्ष २०७९/०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गर्ने ।

६. २०७९/११/१७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने ।

७. २०७९ फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) श्री रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने ।

८. संघीय संसद सचिवालयमा दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने ।

९. राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत प्रदान गर्ने ।

१०. नेपाल दूर सञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?