जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • नाजुक वित्तीय अवस्थाका फाइनान्स कम्पनी नै लगानीकर्ताको रोजाइमा

नाजुक वित्तीय अवस्थाका फाइनान्स कम्पनी नै लगानीकर्ताको रोजाइमा

दशैं विदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक ३१.४८ अंकले बढ्दा सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा फाइनान्स रहे। मंगलबार १२ वटा उपसमूहको सूचक उकालो लाग्दा फाइनान्सको सूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो।

१५ वटै फाइनान्सको मूल्य बढ्दा जानकी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। ३ अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच हुँदा कारोबार धेरै हुने शीर्ष कम्पनीको सूचीमा पनि फाइनान्स नै रहे।

गुडविल फाइनान्सको सर्वाधिक १८ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भयो। धेरै कारोबार हुने सूचीको दोस्रो नम्बरमा रहने कम्पनी पनि फाइनान्स नै हो। नेपाल फाइनान्स ११ करोड २३ लाख रुपैयाँको सेयर कारोबारसहित दोस्रो स्थानमा रहेको हो।

फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएको यो पहिलो पटक होइन। यसअघि गत असार मध्यदेखि साउन ३१ गतेसम्म नेप्से उकालो लाग्दा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा फाइनान्स नै थिए।

नेप्से ३००० विन्दुमा पुगेर भदौ लागेपछि ओरालो लाग्दा सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा पनि फाइनान्स नै रहे। नेपाल फाइनान्सको सेयर मूल्य प्रति कित्ता २,६१४ रुपैयाँसम्म पुगेकामा अहिले १,४५० रुपैयाँ छ।

कम्पनीको वित्तीय अवस्था हेर्दा अधिकांश फाइनान्स सेयरधनीलाई प्रतिफल दिन सक्ने अवस्थामा छैनन्। तैपनि लगानीकर्ता भने फायनान्स कम्पनीमा नै झुम्मिरहेका छन्।

सेयर संख्या थोरै भएका कारण केही समूह फाइनान्सको सेयर मूल्य बढाउन सक्रिय हुँदा समेत नियामक निकाय सेबोन र नेप्सेले कारबाही नगरेपछि लगानीकर्ता छोटो समयमा धेरै फाइदा हुने लोभमा आफ्नो पैसा जोखिममा पारेर खराब अवस्थाका कम्पनीमा झुम्मिएका हुन्।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?