जोडिनुहोस
मङ्लबार, कार्तिक ६, २०८१
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • मोटरसाइकल बिक्न छाडेपछि होण्डाले एकै पटक घटायो ३४ हजार मूल्य

मोटरसाइकल बिक्न छाडेपछि होण्डाले एकै पटक घटायो ३४ हजार मूल्य

कुनै बेला नेपालमा ‘बेस्ट सेलर’ मोटरसाइकल थियो होण्डा । अहिले पनि उसका स्कुटरहरु गज्जब बिकिरहेका छन् । तर मोटरसाइकलमा यो जापानी–भारतीय ब्राण्ड अहिले निकै पछि पर्न थालेको छ । टु ह्वीलर्समा बढ्दो प्रतिस्पर्धा, नयाँ पुस्ताको फेरिएको रोजाइ र अन्य कम्पनीहरुले ब्राण्डिङमा गरेको मिहेनतका कारण पायोनियर कम्पनी अहिले पछि परेको हो ।

नयाँ पुस्ताका लागि भनेर कम्पनीले ल्याएको सेमी स्पोर्टी बाइक समेत बिक्न छाडेपछि उसले बाध्य भएर मोटरसाइकलको मूल्य घटाएको छ । तीन वर्षदेखि नेपाली बजारमा विक्री गर्दै आएको होण्डा हर्नेट २.० को मूल्य भारी मात्रामा घटाइएको कम्पनीले जनाएको छ ।

नेपालमा होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले हालैमात्र नयाँ मूल्य सूची सार्वजनिक गर्दै हर्नेट २.० को मूल्य ३४ हजार रुपैयाँले घटाएको जनाएको छ । अरु मोटरसाइकलको मूल्य बढिरहेका बेला होण्डाले भने मूल्य घटाउन बाध्य भएको हो ।

कम्पनीले २०७८ कार्तिकमा पहिलो पटक नेपाली बजारमा यो मोडलको मोटरसाइकल बिक्री सुरू गरेको थियो । त्यस बेलादेखि नै मोटरसाइकलको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको थियो । सुरुमै ज्यादा महँगोमा बेचेर बढी नाफा कमाउन खोजेपछि ग्राहकले यो मोटरसाइकलबाट आँखा हटाए ।

थुप्रै कम्पनीले यस्तै वा योभन्दा सस्तो मूल्यमा निकै राम्रा र तुलनात्मक रुपमा आकर्षक एवम् बढी क्षमताका मोटरसाइकल बेच्न थालेपछि होण्डा पछि परेको थियो । उसको ‘मेन प्रडक्ट’को रुपमा देखिएको ५ लाखको मोटरसाइकल किन्न ग्राहक नआएपछि कम्पनीले ३ वर्ष शोरुममा राखेका मोटरसाइकल अब सस्तो मूल्यमा ‘क्लियरेन्स’ गर्न खोजेको कम्पनी सम्बद्ध स्रोतको दाबी छ ।

नयाँ मूल्य सूची अनुसार अब यो मोटरसाइकल ४ लाख ६४ हजार ९०० रुपैयाँमै किन्न सकिने छ ।

यसअघि पनि कम्पनीले यो मोटरसाइकलको मूल्य क्रमशः घटाउँदै लगेको थियो । नयाँ मूल्य सूची आउनुअघि कम्पनीले यो मोटरसाइलको भाउ ४ लाख ६९ हजार ९०० रहेको विक्रेता स्याकर ट्रेडिङको वेवसाइटमा देखिन्छ ।

१८४.४ सीसी सिंगल सिलिन्डर इञ्जिन जडित यो मोटरसाइकलमा लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । भारत स्ट्याण्डर्ड (बीएस) सिक्स प्लेटफर्ममा उत्पादित यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

मूल्य घटेसँगै अब यो आफ्नो सेग्मेण्टमा सस्तो मध्येको एक मोटरसाइकल बनेको छ । तर स्याकर ट्रेडिङले नेपालमा पहिलेजस्तो आक्रामक ब्राण्डिङ गर्न नसकेको र होण्डाका मोटरसाइकलहरु ‘सिनियर्स भेहिकल’ अर्थात् ‘बूढापाकाले चढ्ने’ भन्ने आम धारणा बनेका कारण यसको विक्री कति बढ्छ भन्ने हेर्न प्रतीक्षा नै गर्नुपर्ने भएको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका