करिब ४ अर्ब कर्जा मिनाह गर्ने सीइओ श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा दर्जनौ उजुरी - Aathikbazarnews.com Aathikbazarnews.com करिब ४ अर्ब कर्जा मिनाह गर्ने सीइओ श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा दर्जनौ उजुरी - Aathikbazarnews.com
जोडिनुहोस
बुधबार, माघ १५, २०७६
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • करिब ४ अर्ब कर्जा मिनाह गर्ने सीइओ श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा दर्जनौ उजुरी

करिब ४ अर्ब कर्जा मिनाह गर्ने सीइओ श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा दर्जनौ उजुरी

जनताको रगत र पसिनाबाट १/१ पैसा जम्मा गरि राखिएको डिपोजिटकै पैसामा ३ अर्ब ८५ करोड कर्जा मिनाह गरिदैछ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम बामपन्थी सीइओ आफूलाई बताउँने राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठले गरेको फेला परेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले २६ वर्ष पहिला लिएको ३१ करोड कर्जा आजका मितिसम्म जम्मा जम्मी करिब ४ अर्ब पुगेको छ । राष्ट्रि वाणिज्य बैंकमा सो कर्जा सबै जस्तो मिनाह गरि मात्र १० करोड बुझाएर ढकाललाई बचाउने कामको शुरुवात भएको भेटिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठले ३ अर्ब ८५ करोड कर्जा मिनाह गर्ने अन्तिम तयारी गरेको बैंक उच्च स्रोतले राजतिलक साप्ताहिकलाई बतायो ।

किरण कुमार श्रेष्ठ सीइओ भएर राष्ट्रिय वाणिज्य बैंक पुगेपछि आर्थिक चलखेल गर्दै जनताको पैसा नोक्सानी गराएको भन्दै सीआईबी, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमा उनी बिरुद्ध दर्जनौ उजुरी परेको भेटिएको छ ।

सत्ता र शक्तिको भरमा जनताको पैसा अपचलन गर्ने र बैंकलाई नोक्सानी पु¥याउने बैंकका सीइओ श्रेष्ठ बिरुद्ध अत्याधिक उजुरी आएका छन् । छानबीनमा छौं सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका उच्च अधिकारीले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकसंग बताए ।

बैंक उच्च स्रोत भन्दछः– हाम्रा बैंकका सीइओ किरण सरले ८÷१० पटक हाम्रो ऋणी चण्डिराज ढकालसंग कर्जा मिनाह गर्न ५ तारे होटलमा डिनर बैठक गरेका छन् । माथीको आदेश भन्दै ३ अर्ब ८५ करोड पैसा मिनाहा गर्न उहाँ लागि रहनु भएको छ ।

अर्थमन्त्री डा.खतिवडा र ऋणी ढकालको राम्रो सम्बन्ध छ । यसको फाइदा लिँदै करोडौं कमिशन दिएर सीइओ श्रेष्ठले कर्जा मिनाह गर्ने टिप्पणी सञ्चालक समिति मार्फत लैजाने अन्तिम तयारी गरेको बैंक उच्च स्रोतको दाबी छ । कथा मिठो छ र अच्चम छ हेरौंः–

नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका ऋणी चण्डिराज ढकालको कम्पनी मोमेन्टो एपरल्स प्रा.लि.ले लिएको ऋणमा ४ अर्ब ३२ करोडमा ३ अर्ब ८५ करोड रुपैयाँ मिनाह गर्ने अन्तिम तयारीमा बैंकका सीइओ किरण कुमार श्रेष्ठ लागि परेको देखिन्छ । ‘आज भोलि नै निर्णय हुनसक्छ । यस निर्णयबाट बैंकले ठूलो नोक्सानी बेहोर्दैछ’ बैंकको उच्च स्रोतको दाबी छ ।

मोमेन्टो एपरल्स प्रा.लि.ले लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले आफैले स्वीकारेका छन् । उनीले भनेका छन्ः– २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको छ यसैबाट पुष्टी हुन्छ की उनी यो काम गर्न लागि परेका छन् ।
बैंकले ढकाललाई २०५० सालमा मोमेन्टो एपरल्सको नाममा ३१ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको थियो । साँवा र साँवाको आधा व्याज जोडेर ४७ करोड ३४ लाख रुपैयाँ तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको सीइओ श्रेष्ठकै दाबी छ ।

यसबाट बैंकको कर्जा पुर्नसंरचना गर्दा बैंकलाई ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ नोक्सान हुने देखिन्छ । त्यसको जिम्मा सीइओ श्रेष्ठको सम्पत्तीबाट उठाउन अख्तियार जाने बैंक कर्मचारीहरुको दाबी छ ।

बैंक स्रोतको दाबी छः– ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम देखिन्छ ।
२०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित ब्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान ब्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको उक्त कर्जा मिनाह गरि सीइओ श्रेष्ठले १० करोड भन्दा बढि कमिशन हात पार्ने स्रोतको दाबी छ ।

बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्स प्रा.लि.का मालिक चण्डिराज ढकालले पनि कर्जा पुर्नसंरचना हुन लागेको दाबी गरे । ‘रुग्ण उद्योगले पाउने छुट मागेको छु । राष्ट्र बैंकले अहिले पेनाल व्याज, कम्पाउण्ड व्याज लिन नपाउने व्यवस्था गरेको छ’ ढकालले ऋणमा ३ अर्ब ८५ करोड छुट गर्ने प्रमाण आफूसंग गरेको दाबी समेत गरेका छन् ।

ऋणी चण्डिराज ढकालले राजतिलक साप्ताहिकसंग टेलिफोनमा भनेः– हाल १० करोड रुपैयाँ बैंकलाई बुझाउन लागेको छ । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले दाबी गरे । यसबाट पुष्टी हुन्छ की उनीको अर्बै कर्जा मिनाहा हुँदैछ भनेर ।

ढकालको पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको प्रस्टै देखिन्छ । ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच पछिल्लो समय निकै राम्रो सम्बन्ध मात्रै छैन । ढकाल खतिवडाले यति काम गरिदिए जे पनि गर्न तयार छन् ।

‘सरकारी बैंक हो । राजनीतिक नेतृत्वको संरक्षण पाएपछि सीईओले जे भन्यो त्यहि हुन्छ । त्यसकारण ठुलो आर्थिक चलखेल गरेर यो काम हुने प्रस्टै छ ।

एमालेका कार्यकर्ता किरण कुमार श्रेष्ठ, केपी ओली प्रधामन्त्री भएपछि उनीकै सिफारिसमा अर्थमन्त्रीले सीइओ बनाएका व्यक्ति हुन् । झापाली÷झापाली मिली जनताको पैसामा फूपूको श्राद्ध गर्ने अधिकार अर्थमन्त्री डा. खतिवडा, सीइओ श्रेष्ठ र ऋणी ढकाललाई छैन । यदि सीइओले दबालमा आएर अर्बौ कर्जा मिनाह गरे उनी ढिलो चाडो जेल जाने निश्चित देखिन्छ ।

नेपालका २८ वाणिज्य बैंकहरुमा सबैभन्दा बढि नाफा कमाएको धक्कु दिँदै हिडेका सीइओ श्रेष्ठ माथीको संरक्षण्मा ऋणी ढकालसंग कर्जाको डिल दिन दिनै गरिहेको खुलेको छ ।

किरण कुमार श्रेष्ठले यत्रौ जनताको पैसा मिनाह गर्ने संकेत पाएपछि कांग्रेसी टे«ड यूनियन कर्मचारी संघले अख्तियार, सीआबी र सम्पत्ती सुद्धिकरणमा उजुरी समेत दिएको भेटिएको छ ।

वामपन्थी कर्मचारीलाई काखी च्यापेर बैंकलाई नोक्सानी पु¥याउने काम सीइओ श्रेष्ठबाट भएपछि हामीले उजुरी दर्ता गरेका छौं । एक युनियनका सदस्यले राजतिलक साप्ताहिकसंग बताए ।

सचेत भयाः– एउटा कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा बैंकअफ काठमाण्डूका सीइओ ३ महिना जेल बसेर १ करोड धरौटीमा छुटेका छन् । राजतिलक साप्ताहिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका