जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औषतमा झण्डै ३ रुपैयाँ

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औषतमा झण्डै ३ रुपैयाँ

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपिएस) औषतमा झण्डै ३ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको विवरणअनुसार बैंकहरुको औषत ईपिएस १७.६० रुपैयाँ कायम भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा २.९४ रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औषत ईपिएस १४.६६ रुपैयाँ थियो । वाणिज्य बैंकहरुमध्ये एनआईसी एसिया बैंककोे प्रतिसेयर आम्दानी सबैभन्दा कमजोर अवस्थामा छ । यस्तै चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५७ रुपैयाँ छ । यो बैंकको ईपिएस गत आवको तुलनामा १.४६ रुपैयाँ वृद्धि भएको हो ।

यस्तै, एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३४.८५ रुपैयाँ रहेको छ । यो बैंकको ईपिएस गत आवको तुलनामा ५.५१ रुपैयाँ वृद्धि भएको हो । नेपाल एसबिआईको ३१.०३ रुपैयाँ रहेको छ । ईपिएस वृद्धिमा भने नेपाल एसबिआई बैंक पहिलो सूचीमा छ । गत आवको तुलनामा बैंकको यस्तो आम्दानी १२.७८ रुपैयाँ वृद्धि भएको हो ।

यस्तै,यस अवधिमा नबिल बैंकको यस्तो आम्दानी २९.८३ रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंकको ईपिएस २६.५३ रुपैयाँ रहँदा एनएमबि बैंकको २४.९५ रुपैयाँ छ । यी बाहेकका बैंकको ईपिएस २० रुपैयाँभन्दा तल छ ।

सानिमा बैंकको ईपिएस १७.७६ रुपैयाँ, प्रभु बैंकको १७.६८, माछापुच्छ्रे बैंकको १७.३२ र नेपाल इन्भेष्टमेण्ट मेगाको १७.१६ रुपैयाँ ईपिएस रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको ईपिएस १६.७४ रुपैयाँ, कुमारीको १६.४४, नेपाल बैंकको १६.३९, हिमालयनको १३.४२ र सिद्धार्थ बैंकको १०.६४ रुपैयाँ छ ।

यी बाहेकका पाँच वटा बैंकको ईपिएस भने १० रुपैयाँभन्दा तल छ । असोज मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइजको ९.२५ रुपैयाँ, सिटिजन्सको ५.५८, राष्ट्रिय वाणिज्य बैंकको ३.८७, कृषि विकासको ३.२५ र एनआइसी एशिया बैंकको २.९१ रुपैयाँ रहेको छ । एनआइसी एसिया बैंकको ईपिएस सबैभन्दा कम हो 

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका