जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ‘लक्ष्मी सनराइज बैंक’ को एकीकृत कारोबार शुरु

‘लक्ष्मी सनराइज बैंक’ को एकीकृत कारोबार शुरु

लक्ष्मी र सनराइज बैंक बीचको एकीकृत कारोबार आजदेखि हुँदैछ । दुई बैंकबीच मर्ज भइ असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । लक्ष्मी बैंकको केन्द्रीय कार्यालयमा लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक बसेर एकीकृत कारोबार गर्ने बैंकका एक सञ्चालकले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजे लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक आह्वान गरिएको छ ।

मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् ।
यस्तै, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।

लक्ष्मी बैंकका अध्यक्ष नेपाल र सनराइज बैंकका अध्यक्ष दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।
मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २८४ वटा पुग्ने छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना कार्यरत छन् ।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका