जोडिनुहोस
बिहिबार, पुस ४, २०८१
बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • नबिल बैंकले डाक्यो ४० औं साधारण सभा

नबिल बैंकले डाक्यो ४० औं साधारण सभा

नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ४० औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा मंसिर २७ गते आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  यस्तै सभामा गत आवको वित्तीय विवरणलगायतका प्रस्तावहरु पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका