जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • ठूला ३ बैंक मर्जरमा जान तयार

ठूला ३ बैंक मर्जरमा जान तयार

डा चिरन्जिवी नेपाल नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा लिएको मर्जरको नीतिले २८ वटा वाणिज्य बैंक २० वटामा खुम्चिएका छन् । केही विकास बैंक पनि वाणिज्य बैंकमा विलय भए । डा नेपालले सुरु गरेको मर्जर नीति वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा महामर्जको रुप लियो । यो क्रम अहिले पनि रोकिएको छैन । केही वर्षअघिसम्म बैंकहरुले वार्षिक साधारण सभाको सूचना प्रकाशन गर्दा विशेष प्रस्तावमा एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) का विषय हुने गर्दथे । त्यो क्रम अहिले धेरै कम छ । अझै पनि तीन वटा बैंक मर्जरका लागि तयारी अवस्थामा नै छन् । मर्जरका लागि तयारी अवस्थामा रहनेमा नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंक रहेका छन् । नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकको साधारणसभा सकिएको छ । तीन वटा नै बैंकले मर्जरमा जाने नीति पारित गरिसकेका छन् ।

नबिल बैंकले साधारण सभामा नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय साधारण सभाबाट पारित गरेको छ ।

यस्तै प्राइम बैंकले बोलाएको साधारण सभाले मर्जको प्रस्ताव पारित गरेको छ । प्राइम बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेसनलको सभाले पनि मर्जरको नीति पारित गरिसकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको मर्जरको चर्चा चुलिरहँदा ग्लोबल आइएमई बैंकले पनि अन्य कुनै संस्थालाई मर्जरका लागि खोजिरहेको चर्चा छ । तर, बजारमा आएको चर्चा केवल चर्चा मात्रै भएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । ‘बैंक मर्जरका विषयमा बजारमा चर्चा चलेका होलान’ ढकालले भने ‘बजारमा चर्चा भए जस्तो हामी अहिले तत्कालका लागि कुनै मर्जरको तयारीमा छैनौं ।’ ‘मर्जर किङ’को रुपमा चिनिएका अध्यक्ष ढकालले अहिले भने बैंक मर्जरका लागि कुनै योजना नरहेको बताउँछन् । ‘मैले यो कुरा साभारणसभामै पनि प्रष्टसँग भनिसकेको छु’ उनले भने ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका