जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्ग १ खर्ब ४२ अर्ब भन्दा बढिः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो एलआईसी नेपाल लाईफ इन्स्योरेन्स, तेस्रोमा नेशनल लाईफ इन्स्योरेन्स, चौथो हिमालयन लाईफ इन्स्योरेन्स

जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्ग १ खर्ब ४२ अर्ब भन्दा बढिः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो एलआईसी नेपाल लाईफ इन्स्योरेन्स, तेस्रोमा नेशनल लाईफ इन्स्योरेन्स, चौथो हिमालयन लाईफ इन्स्योरेन्स

नेपालका १४ जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेर छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । आर्थिक बर्ष ०७९÷८० को असारसम्मको अवधीमा डरलाग्दो बीमा शुल्क आर्जन गरेका छन् । यी जीवन बीमा कम्पनीहरुले यसरी जम्मा भएको पैसा नेपालका वाणिज्य बैंक र विकास बैंकमा संस्थागत निक्षेप महंगो व्याजमा राख्ने गर्दछन् । एक सीइओले पंक्तिकारलाई प्रस्टै भाषामा भने जीवन बीमा कम्पनीहरुसंग अर्बै पैसा हुन्छ । उनीहरुले सीइओ लेवलबाटै २÷३ प्रतिशत भित्रीरुपमा कमिशन लिएर वाणिज्य बैंकमा डिपोजिट राख्ने गरेका छन् । सीइओ–सीइओ बीच नै यति प्रतिशत कमिशन दिने भित्री सहमती पछि मात्रै चलेको रेटमा डिपोजिट वाणिज्य बैंक र विकास बैंकमा दिने गरेको भेटिएको छ । यसको पछिल्लो उदाहरण हो । एशियन लाईफ इन्स्योरेन्स कम्पनी । यस कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठ र सीइओ दिनेश लाल श्रेष्ठले मोटो ३.५ प्रतिशत भित्री कमिशन लिएर प्रायः सबै पैसा एनआईसी एशिया बैंकमा संस्थागत निक्षेप राखेको फेला परेको छ । भन्दा फरक पर्दैन । बैंक र वित्तिय संस्थाहरुमा चर्को तरलता अभाव भएका बेला घरजग्गा दलाली भन्दा बढि दलाली गरि जीवन बीमा कम्पनीहरुले कमिशन ३÷४ प्रतिशत भित्रीरुपमा लिएर बैंक र विकास बैंकमा पैसा राख्ने गरेको भेटिएको छ भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू हेक्का होस् ।

सीइओ–सीइओ बीच नै यति प्रतिशत कमिशन दिने भित्री सहमती पछि मात्रै चलेको रेटमा डिपोजिट वाणिज्य बैंक र विकास बैंकमा दिने गरेको भेटिएको छ । यसको पछिल्लो उदाहरण हो । एशियन लाईफ इन्स्योरेन्स कम्पनी । यस कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठ र सीइओ दिनेश लाल श्रेष्ठले मोटो ३.५ प्रतिशत भित्री कमिशन लिएर प्रायः सबै पैसा एनआईसी एशिया बैंकमा संस्थागत निक्षेप राखेको फेला परेको छ ।

यस अवधिमा १४ बीमा कम्पनीहरुमा सबै भन्दा बढि बीमा लेखबाट बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । भने दोस्रोमा एलआईसी नेपाल लाईफ इन्स्योरेन्स, तेस्रोमा नेशनल लाईफ इन्स्योरेन्स, चौथोमा हिमालयन लाईफ इन्स्योरेन्स रहेको भेटिएको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा ३१ अर्ब १९ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको भेटिएको छ भन्दा फरक पर्दैन । यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । एलआइसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।

हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख, एशियन लाइफले ७ अर्ब १ करोड, ४६ लाख, सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख, एशियन लाइफले ७ अर्ब १ करोड, ४६ लाख, सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।त्यसैगरी, आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख र महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ । सचेत भया ।

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?