

सिद्धार्थ बैंकले लिलामी गरेको सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको संयुक्त जग्गाको लिलामी खारेज गरेको छ । उक्त जग्गाको मुलधनी र धितो सकार्ने दुवै पक्षलाई बैंकले वार्ताका लागि सहजिकरण गर्ने जनाएको छ ।
बैंकका अनुसार सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको धितो राखेर लिएको कर्जा नियमति नभएको भन्दै बैंकले लिलामीमा चढाएको थियो ।
बैंकले लिलामीमा चढाएको जग्गा तेस्रो पक्षले बोलकबोल गरेको थियो । मुल जग्गा धनीले जग्गा सकार्ने भनेपछि बैंकले दुवै पक्षलाई राखेर वार्ताका लागि सहजिकरण गर्ने जनाएको हो ।