जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको स्मार्ट सेवाः सामान्य कामको लागि बैंक जान नपर्ने 

सिटिजन्स बैंकको स्मार्ट सेवाः सामान्य कामको लागि बैंक जान नपर्ने 

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि स्मार्ट सेवा सुरू गरेको छ। यस सेवाले ग्राहकलाई घरबाटै विभिन्न बैंकिङ सेवाहरूको सुविधा प्रदान गर्दछ। बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख सरोज भट्टराईका अनुसार यो सेवा ग्राहकको समय बचत र सहजता सुनिश्चित गर्नको लागि ल्याइएको हो।

यस स्मार्ट सेवामा विभिन्न प्रकारका बैंकिङ सेवाहरू समावेश छन्, जस्तैः

कार्ड सम्बन्धी सेवाः
यदि ग्राहकले नयाँ डेभिट कार्ड लिन चाहन्छन् भने उनीहरूले स्मार्ट सेवाको माध्यमबाट आवेदन दिन सक्नेछन्। यस सेवा मार्फत कार्डको पिन रिफ्रेस गर्न र कार्ड हराएमा ब्लक गर्न पनि सकिन्छ। यसका लागि बैंकमा जानु पर्दैन । ग्राहकले स्मार्ट सेवाबाटै यी कार्यहरू गर्न सक्नेछन्।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाः
ग्राहकहरूले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका सबै सामान्य कारोबारहरू स्मार्ट सेवाबाट गर्न सक्नेछन्, जस्तै पिन रिसेट, पासवर्ड रिसेट, खाता नम्बर परिवर्तन र अन्य सामान्य कार्यहरू। यो सबै काम घरबाटै सजिलै सम्पन्न गर्न सकिन्छ।

डिम्याट र क्युआर मर्चेन्ट सेवाः
ग्राहकहरूले स्मार्ट सेवामा डिम्याट खातासम्बन्धी समस्याहरूको समाधान पनि गर्न सक्छन्, जस्तै शेयर रिक्वेस्ट, शेयर पासवर्ड पुनः सेट, सिआरएन नम्बर, र क्युआर मर्चेन्ट रेजिष्टेशन। यसका लागि पनि बैंकमा जानुपर्ने आवश्यक छैन । सबै कार्य स्मार्ट सेवाबाट गर्न सकिन्छ। स्मार्ट सेवा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र बैंकको वेबपेज ( वेबसाइट )मार्फत प्राप्त गर्न सक्नेछन्। यो सेवा लगभग एक वर्ष पहिले सुरू भएको थियो र अहिलेका जेनरेशनको लागि अत्याधिक उपयोगी साबित भएको भट्टराईले बताएका छन्।

उनका अनुसार यस प्रणालीले बैंकको कल सेन्टरमा आउने आवेदनहरूको संख्या घटाएको छ र शाखामा काम गर्ने प्रक्रियालाई थप द्रुत र सजिलो बनाएको छ। बैंकले भविष्यमा यो सेवा थप सुधार र नयाँ सुविधाहरूको साथ ग्राहकलाई अझ प्रभावकारी सेवा दिने लक्ष्य राखेको छ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका