जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नारीहरुका लागि बैंकहरुको तीज विशेष योजना : दरो अफरदेखि क्यासब्याक योजनासम्म

नारीहरुका लागि बैंकहरुको तीज विशेष योजना : दरो अफरदेखि क्यासब्याक योजनासम्म

हरितालिका (तीज) सोमबार(आज)बाट शुरु भएको छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सोमबारदेखि शुरु भएको छ । तीजको अवसरमा बैंकवित्तले पनि विभिन्न योजनाहरु ल्याएका छन् । बैंकहरुले नारी लक्षित गरेर विभिन्न योजनाहरु सार्वजनिक गरेका हुन् । महिलाहरूको खुसीमा साथ दिन बैंक, वित्तीय संस्थाले अफरहरू दिएका छन्।

हेर्नुहोस्  बैंकवित्तको कस्तो छ, अफर :

ग्लोबल आइएमई बैंककाे तीज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो ।

बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

सनराइज बैंकको तीज विशेष अफर

महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर भदौ महिनामा सनराइज बैंकले विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।  बैंकले महिलाहरुका लागि यस महिना विशेष अफर ल्याएको हो । तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५ सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ ।

साथै भदौ महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल ब्यान्किङ, निःशुल्क डिम्याट, निःशुल्क मेरो सेयर, निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ ।  साथै शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने र त्यसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

चाडबाडको लहर, सँगै पूरा तिलहरिको रहर !”

 

यस्तै कुमारी बैंकको ४ हप्ता ४ छड्के तिलहरि जित्ने योजना रहेको छ । यस योजना अन्तर्गत सजिलै आफ्नो कुमार स्मार्ट मोबाइल बैंकिङ एफ बाट फोन पे क्युआर स्यान गरी सेल्स बेरिमा पैसा तिर्दा तपाईले जित्न सक्नुहुन्ेछ हप्ता छड्के तिलहरि ।

सानिमा बैंकको ‘तीजको कोसेली योजना’

सानिमा बैंकले तीजको कोसेली योजना सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

बैंकका अनुसार उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ ।

साथै, ग्राहकहरूले लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले बताएको छ । यो योजना भदौ एक गतेदेखि १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।

तीजको अवसरमा खाता खोल्दा लकर सुविधामा छुट

सिभिल बैंकले तीजको अवसरमा तीजको अवसरमा खाता खोल्दा लकर सुविधामा छुट ल्याएको छ । यही भदौ १९ सम्ममा नारी बचत खाता खोल्दाSafe Deposit Locker को रेन्टल चार्जमा पहिलो वर्ष छुट पाउनु सक्नुहुने छ । यस्तै लकर उपलब्धताको आधारमा पहिला आउनेलाई प्राथमिकता प्रदान गरिनेछ ।

सिटिजन्स बैंकको तीज अफर सार्वजनिक

सिटिजन्स बैंकले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा छुटहरुको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०% र लकर कि डिपोजिटमा ५०% सम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकका अनुसार यस्ता छुटहरु जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ। । यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु जस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जनाएको छ।

अधिकतम व्याजदरको बहार

हिमालयन बैंकले चाडपर्वको लहर, अधिकतम व्याजदरको बहार ल्याएकार छ । जसमा पर्सनल फिक्स डिपोजिटमा ११.३ प्रतिशत र हिमाल रेमिट फिक्स डिपोजिटमा १२.३ प्रतिशत व्याजदर ल्याएको छ ।

तिलहरि अफर

यस्तै तीजको अवसर पारेर एनएमवि बैंकले चाडवाडको लहर तिलहरिको रहर अफर ल्याएको छ । बैंकले चार हप्ता ५ छड्के तिलहरि योजना ल्याएको हो ।

महालक्ष्मी विकास बैंककाे तीज विशेष ‘नारी सम्मान अभियान’

महालक्ष्मी विकास बैंकले तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २८ वर्ष देखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले हरितालिका तीज–२०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको हो ।

बैंकले भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निःशुल्क एटीएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गर्नेए बताएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहि आएको बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो ।

बैंक खाता खोल्दा एक लाख रुपैयाँसम्मको बीमा

मुक्तिनाथ विकास बैंक लिमिटेडले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ महिना भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले एक लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रयाङकुलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि) पाउन सक्ने छन् ।

एससीटीको दरो अफर

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु.१०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका