नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०८१÷०९÷१९ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आ.व. २०८०÷८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१÷८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ । संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मीज्यू निर्विरोध चयन हुनुभएको छ ।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।