जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १ अर्ब १८ करोडको बीमा लेख सरेण्डर, पहिलो नेपाल लाईफ, दोस्रो लाईफ इन्स्योरन्स कर्पोरेशन, तेस्रो राष्ट्रिय बीमा संस्थान, चौथो सूर्य ज्योती लाईफ, पाँचौं नेशनल लाईफ इस्न्योरेन्सः छैन बीमा प्राधिकरणलाई चासो

१ अर्ब १८ करोडको बीमा लेख सरेण्डर, पहिलो नेपाल लाईफ, दोस्रो लाईफ इन्स्योरन्स कर्पोरेशन, तेस्रो राष्ट्रिय बीमा संस्थान, चौथो सूर्य ज्योती लाईफ, पाँचौं नेशनल लाईफ इस्न्योरेन्सः छैन बीमा प्राधिकरणलाई चासो

देशमा आर्थिक मन्दी चर्किरहेको बेला जीवन बीमा कम्पनीहरुको बीमा लेख सेरेण्डर हुने क्रम तीब्ररुपमा बढेर गएको छ भन्दा अब फरक पर्दैन । चैत्र महिनामा मात्रै जीवन बीमा कम्पनीहरुबाट करिब १ अर्ब २० करोडका बीमा लेख (बीमा पोलिसी) सरेन्डर भएको भेटिएको छ । यो जीवन बीमा कम्पनी भित्रकै डरलाग्दो पक्ष मानिन्छ । तर, जीवन र निर्जीवन बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा प्राधिकरण बेखबर झै बनेको छ भन्दा अब फरक पर्दैन । पोलिसी सरेन्डर गर्नेको संख्या बढिरहँदा बीमा बजारमा पनि आर्थिक शिथिलता आएको छ । गत चैतमा मात्रै जीवन बीमा कम्पनीहरुबाट १ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो महिनाको तुलनामा सरेन्डर संख्या र रकम दुवै बढेको छ ।चैतमा १७ वटा बीमा कम्पनीबाट ९ हजार ३ सय ५८ वटा बीमालेख सरेन्डर भएको छ । गत फागुनमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको ८ हजार ९ सय ३९ वटा बीमालेख सरेन्डर भएको भेटिएको छ । भन्दा अब फरक पर्दैन ।

बीमा प्राधिकरणले कम्पनीहरुलाई पुँजी बढाउन मापदण्ड तोकिदिएको छ, जसले गर्दा कम्पनीहरु ‘मर्जर’ मा गइरहेका छन् । तर, मुख्य व्यवसायमै सरेन्डरको बादल मडारिँदा न कम्पनीहरुले नयाँ योजना अघि सारेका छन्, न त प्राधिकरणले यसबारे चासो लिएको छ । दुवैले पोलिसी त्याग गर्नेको तथ्यांक मात्रै अद्यावधिक गर्दै आएको देखिन्छ ।

बीमालेख सरेन्डरले बीमाको उद्देश्य पुरा नहुने मात्रै होइन बीमितले कम पैसा पाउँछन्, कम्पनीको खर्च बढ्छ । तर, कम्पनीले बीमालेखलाई निरन्तरता दिन बीचमै छाडेर पैसा फिर्ता माग्न आउने सेवाग्राहीलाई सम्झाउन नसकेको देखिएको छ । अभिकर्ताहरुले बीमालेख खरिद गर्न लगाउँदा सर्वसाधारणलाई जसरी सम्झाउँछन्, बीचमै छाड्न खोज्नेप्रति भने उदासीन रहेको तथ्यांक सरेन्डरको अवस्थाले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।
बीमा प्राधिकरणले कम्पनीहरुलाई पुँजी बढाउन मापदण्ड तोकिदिएको छ, जसले गर्दा कम्पनीहरु ‘मर्जर’ मा गइरहेका छन् । तर, मुख्य व्यवसायमै सरेन्डरको बादल मडारिँदा न कम्पनीहरुले नयाँ योजना अघि सारेका छन्, न त प्राधिकरणले यसबारे चासो लिएको छ । दुवैले पोलिसी त्याग गर्नेको तथ्यांक मात्रै अद्यावधिक गर्दै आएको देखिन्छ । हाल बीमितले बीमालेख खरिद गरेको तीन वर्ष पुरा भएपछि सरेन्डर गर्न पाउने व्यवस्था छ । एक वर्षपछि नै पाइने नियम रहँदा बीमा सरेन्डर निकै बढेको थियो । त्यसलाई निरुत्साहित गर्न प्राधिकरणले समयवधि ३ वर्ष पुर्याएको छ । भन्दा फरक पर्दैन ।

सरेन्डरलाई निरुत्साहित गर्नका लागि कम्पनीले बीमालेख धितो राखेर ऋण प्रवाह पनि गर्दै आएका छन् । तैपनि सरेन्डर गर्नेको संख्या घट्नुको साटो बढेको भेटिएको छ । चैत महिनामा बीमा सरेन्डर धेरै हुनेमा पाँच कम्पनी छन् । यसमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय बीमा संस्थान, सूर्यज्योति लाइफ र नेशनल इन्स्योरेन्स छन् ।

केही समययता आर्थिक मन्दी तथा विभिन्न घरायसी समस्याले गर्दा बीमितले समय नपुगी बीमा सरेन्डर गर्ने क्रम बढेको छ । अत्यावश्यक परेको समयमा बीमितले सरेन्डर गर्न सक्ने भएकाले बीमा कम्पनीले रोक्न पाउँदैनन् । भन्दा फरक पर्दैन । सरेन्डर गर्नेको संख्यामा महिनापिच्छे घटबढ भइहरहने बीमा कम्पनीहरुले जनाएका छन् । सरेन्डरलाई निरुत्साहित गर्नका लागि कम्पनीले बीमालेख धितो राखेर ऋण प्रवाह पनि गर्दै आएका छन् । तैपनि सरेन्डर गर्नेको संख्या घट्नुको साटो बढेको भेटिएको छ । चैत महिनामा बीमा सरेन्डर धेरै हुनेमा पाँच कम्पनी छन् । यसमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय बीमा संस्थान, सूर्यज्योति लाइफ र नेशनल इन्स्योरेन्स छन् । भन्दा फरक पर्दैन । नेपाल लाइफले चैतमा ४२ करोड २२ लाख रुपैयाँको २६ सय ५५ वटा बीमालेख समर्पण गरेको छ ।फागुनमा यस कम्पनीमा ३४ करोड रुपैयाँको २५ सय ७६ वटा बीमालेख समर्पण भएको थियो । भन्दा अन्यथा नहोला ।

नेशनल लाइफ इन्स्योरेन्सको भने समर्पण संख्या बढेर ६ सय ६२ वटा पुगेको छ । यो करिब ७ करोड ७३ लाख रुपैयाँ छ । फागुनमा कम्पनीको ७ करोड ६७ लाख रुपैयाँको ३ सय ९२ वटा बीमालेख सरेन्डर गरेको थियो । त्यस्तै , गुराँस लाइफले चैत महिनामा ७ करोड ८६ लाख रुपैयाँको ५ सय ८९, मेट लाइफ ५ करोड ५८ लाखको ५ सय २६ वटा, एसियन लाइफ ४ करोड २२ लाख रुपैयाँको ५ सय ८९, प्राइम लाइफ २ करोड ८३ लाखको ४ सय ४६, युनियन लाइफ २ करोड ३२ लाखको ७० वटा, सिटिजन लाइफमा १ करोड ३४ लाखको १ सय ५१ र आइएमई लाइफको एक करोड २४ लाख रुपैयाँको १ सय ४७ वटा बीमालेख त्याग भएको भेटिएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीमा १८ करोड ३७ लाख रुपैयाँको १५ सय ५५ वटा बीमालेख त्याग भएका छन ।फागुनमा कम्पनीको १५ करोड रुपैयाँको १०४१ वटा बीमालेख त्याग भएको देखिन्छ । राष्ट्रिय बीमा संस्थानको बीमा सरेण्डर फागुन महिनाको भन्दा घटेको छ । फागुनमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँको २१ सय ५३ वटा बीमालेख सरेण्डर गरेको थियो । कम्पनीले चालु आवको चैत महिनामा १० करोड ५६ लाख रुपैयाँको १४ सय २३ वटा बीमालेख सरेण्डर गरेको छ । मर्जरपछि नयाँ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्समा १० करोड ४८ लाख रुपैयाँको ५ सय २१ वटा बीमा पोलिसी त्याग गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्सको भने समर्पण संख्या बढेर ६ सय ६२ वटा पुगेको छ । यो करिब ७ करोड ७३ लाख रुपैयाँ छ । फागुनमा कम्पनीको ७ करोड ६७ लाख रुपैयाँको ३ सय ९२ वटा बीमालेख सरेन्डर गरेको थियो । त्यस्तै , गुराँस लाइफले चैत महिनामा ७ करोड ८६ लाख रुपैयाँको ५ सय ८९, मेट लाइफ ५ करोड ५८ लाखको ५ सय २६ वटा, एसियन लाइफ ४ करोड २२ लाख रुपैयाँको ५ सय ८९, प्राइम लाइफ २ करोड ८३ लाखको ४ सय ४६, युनियन लाइफ २ करोड ३२ लाखको ७० वटा, सिटिजन लाइफमा १ करोड ३४ लाखको १ सय ५१ र आइएमई लाइफको एक करोड २४ लाख रुपैयाँको १ सय ४७ वटा बीमालेख त्याग भएको भेटिएको छ ।मर्ज भएको सानिमा रिलायन्स लाइफमा ९१ लाखको ८६ वटा, रिलायबल लाइफको ७५ लाख रुपैयाँको ११४, महालक्ष्मी लाइफको ७१ लाखको ३१, सन नेपाल लाइफको सबैभन्दा कम ३२ लाख रुपैयाँको ३१ वटा बीमालेख समर्पण भएको नेपाल बीमा प्राधिकरणले नै जनाएको छ । जे भएपनि बीमा लेख सरेन्डर हुनु जीवन तथा निर्जीवन बीमा कम्पनी भित्र क्यान्सर रोग भेटिनु सरह हो भन्दा फरक पर्दैन । तर, नेपाल बीमा प्राधिकरण यस बारेमा चासो देखाउदैन । कारण के हो ? सचेत भया ।

 

2205
Shares

एक प्रतिक्रिया on “१ अर्ब १८ करोडको बीमा लेख सरेण्डर, पहिलो नेपाल लाईफ, दोस्रो लाईफ इन्स्योरन्स कर्पोरेशन, तेस्रो राष्ट्रिय बीमा संस्थान, चौथो सूर्य ज्योती लाईफ, पाँचौं नेशनल लाईफ इस्न्योरेन्सः छैन बीमा प्राधिकरणलाई चासो

  1. आम नेपाली गरिबिमुनी पिल्सियका छन।सबै नेपालिले बिमा गर्न सक्ने आर्थिक अवस्थालाइ भार् नपर्ने सजिलो,सानो रकमको पोलिसी ल्याउनु परो नि।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका