जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

कोभिड–१९ ले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै स्ट्यान्डर्ड चार्टड बैंकले पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसनलाई ५८ लाख सहयोग गरेको छ ।

बैंकका सीईओ अनिरभ घोष दस्तीदार भन्छन्, “यस्तो कठिन र अनिश्चित समयमा हामी महामारीबाट प्रभावित भएका समुदायलाई सहयोग पुराउनकाे लागि यहाँ छौं भन्ने हामी प्रतिबद्धता खडा गर्न चाहान्छौं । यो समयमा धेरैले आयको श्रोत गुमाएका छन् र तिनीहरूको जिविकामा यसले नराम्रो असर पारेको छ । त्यसमा हामी उनीहरूलाई ठूलो राहत सहयोग पुराउन सक्छौं भन्ने आशा गर्दछौं ।”

फाउन्डेसनका उपाध्यक्ष नामगेल शेर्पाले उक्त सहयोग रकम बुझेका थिए । विपदको समयमा बैकंले पुराएको सहयोग प्रति आफुहरु निकै आभारी रहेको र उक्त रकमलाई निकै राम्रोसँग प्रयोग गर्ने शेर्पाले बताए ।

19450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका