जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको साधारण सभा सम्पन्न

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न

ज्योति विकास बैंक लिमिटेडले काठमाडौंमा आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक समिति सदस्य, भूतपूर्व अध्यक्ष, सेयरधनी, पदाधिकारी, र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा अध्यक्ष खड्काले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, संस्थापक सेयरधनी समूहबाट हरि चन्द्र खड्का, रामकुमार श्रेष्ठ, र सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्दै ज्योति क्यापिटल लिमिटेडको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गरेको छ। अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले आर्थिक वर्ष २०८०/८१ मा हासिल उपलब्धिहरूको जानकारी गराए। सेयरधनीहरूबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारे।

सभापछि बसेको सञ्चालक समितिको बैठकले हरि चन्द्र खड्कालाई अध्यक्षमा पुनः चयन गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नवजात शिशु जीवनरक्षाका लागि चालेका कदमले ५१ न्यानो नानी मार्फत वार्षिक १८८७ शिशुहरूको जीवन रक्षा गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको छ।

बैंकको चुक्ता पूँजी रु. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। १२१ शाखा, ३ विस्तारित काउन्टर, र ७५ एटीएम मार्फत सेवा प्रदान गर्दै बैंकले उपत्यका भित्र र बाहिर सेवा विस्तार गरिरहेको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?