जोडिनुहोस
शुक्रबार, माघ १८, २०८१
शुक्रबार, माघ १८, २०८१
  • होमपेज
  • पाथीभरामा केवलकार बनाउन नदिने आन्दोलनविरुद्व फुङलिङ नगरपालिकाको भत्सर्ना

पाथीभरामा केवलकार बनाउन नदिने आन्दोलनविरुद्व फुङलिङ नगरपालिकाको भत्सर्ना

ताप्लेजुङको फुङलिङ नगरपालिकले ‘नो केवलकार समूह’ ले आह्वान गरेको बन्द हड्तालप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । ताप्लेजुङको पाथिभर निर्माणाधिन पाथीभरा मुकुम्लुङ केवलकार विरुद्ध केही स्थानीले नो केवलकार समूह गठन गरी विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा १२ माघमा सोही समुहर र सुरक्षानिकयाबीच झडप समेत भएको थियो ।

नो केवलकार समुहले मेची राजमार्ज, तमोर करिडोर र तेह्रथुमवाट ताप्लेजुङ छिर्ने सडक नाकाहरुअनिश्चतिकालिन रुपमा सुरु गरेका छन् । यस्तै ताप्लेजुङ भित्र यातायात बन्द, उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु बन्द गर्नुका साथै फुङलिङ नगरपालिकाका जनप्रतिनिधिहरुको जिल्ला बाहिर आवत जावतमा निषेध गर्ने जस्ता कार्य गरेको भन्दै नगरपालिकाले त्यसको भत्सना गरेको छ ।

‘नो केवलकार समुहले आवाह्वान गरेको अनिश्चितकालिन मेची राजमार्ज, तमोर करिडोर र तेह्रथुमवाट ताप्लेजुङ छिर्ने सडक नाकाहरु, ताप्लेजुङ भित्र यातायात, उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु वन्द साथै फुङलिङ नगरपालिकाका जनप्रतिनिधिहरुको जिल्लाबाहिर आवत जावतमा निषेध गर्ने जस्ता कार्यहरुको घोर भत्सर्ना गर्दछौं,’ मंगलबार नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

ताप्लेजुङको पवित्र तिर्थस्थल पाथीभरा क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु स्वीकृती लिएर पाथीभरा मुकुम्लुङ केवलकार प्रा.लिले पाथिभर मन्दिरसमम पुग्ने केवलकार निमार्ण सुरु गरेको थियो । ताप्लेजुङको समग्र आर्थिक, सामाजिक विकास, पर्यटन प्रवद्र्धन र अशक्त, अपाङ्ग, बृद्ध, वालवालिका लगायत सबै व्यक्तिहरुलाई पाथीभरा मन्दिरसम्म सहज ढंगले पुग्न उक्त केवलकार निमार्ण गर्न लागिएको नगरपालिको विज्ञप्तीमा उल्लेख छ । त्यसको विरुद्धमा सुरु भएको बन्द हड्तालले बालवालिका, बृद्ध, अशक्त, सम्पूर्ण तिर्थालुहरुलाई समेत असर पर्ने भन्दै नगरपालिकाको ध्यानकर्षण भएको बताएको हो ।

‘नगरपालिकाको २१ भदौ २०८१ को ४५औं कार्यपालिका बैठकले फुङलिङ नगरपालिका क्षेत्र भित्र तथा अन्य जिल्लाहरुबाट ताप्लेजुङसम्म आउने यातायतका साधनहरु एवं फुङलिङ नगरपालिका भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरुमा अवरोध तथा बन्द, हडताल गर्न गराउन नपाउने निर्णय गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘१५ माघ मंगलबार बसेको ५४औं कार्यापालिकाको बैठकले समेत बन्द हडताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले छ ।’

नगरपालिकाले सबै पक्षहरुबीच आपसी छलफल, वार्ता, सम्वाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका