Sticky Breaking News
एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक माथी राष्ट्र बैंकले हस्तक्षेप गर्दैः असार पछि यी दुवै बैंक ढल्ने प्रसाईको ठोकुवा !


सधैं चर्चा र विवादमा फस्दै आएको एनआईसी एशिया बैंक यति बेला दुर्गा प्रसाईले भने जस्तै बन्दै गएको छ भन्दा अब फरक पर्दैन । कर्जा लगानी छैन, कर्जा उठेको पनि छैन । बैंकमा डिपोजिट गर्ने ग्राहकको संख्या ह्वातै घटेको छ । पाकेको फिक्स डिपोजिट एनआईसी एशिया बैंकबाट अरु बैंकमा सार्नेको संख्या ह्वातै बढेको छ भने राम्रा दक्ष कर्मचारी अन्य बैंकमा जागिर खोजी फर्म भर्न व्यस्त छन् । यति बेला एनआईसी एशिया बैंकको “साथी पनि बैंक पनि राम्रो पनि हाम्रो पनि” नाराले फेल खाएको छ । एनआईसी एशीया बैंकको गैर बैकिङ्ग सम्पत्ती बढेर पूर्वराणा र राजाहरुको भन्दा बढि पुगेको छ । ६ मनिाको नाफा हेर्ने हो भने एनआईसी एशिया बैंकको ९१.७५ प्रतिशतले घटेको छ । यो अवस्था हेर्दा अब केही महिना पछि यो बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने पक्का पक्की जस्तै देखिन्छ । भन्दा फरक पर्दैन ।
राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारलाई भन्यो यदि एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको अवस्था विगतको ग्राण्ड बैंक जस्तै भेटिएको छ कि मर्जर तत्कालै हुनु प¥यो नत्र राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्ने अवस्थामा पुगेको छ नि । उनीले थपेः– आफ्ना संचालकका आफन्ताहरुको खातामा डिपोजिट व्याजदर बढाएर दिएको निरीक्षणबाट फेला प¥यो । यति धेरै गल्ती गर्दै आएको यी दुई बैंकलाई हाम्रा गभर्नर महाप्रसाद अधिकारीले च्याप्नुको कारण तपाईले नै खोज्नु पर्ला नि । उनीकै शब्द सापटी लिने हो भने अब यी बैंक देखि ग्राहक होसियार बन्नु पर्ने अवस्था आएको प्रस्ट देखिन्छ ।
गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक बचाउन खराब कर्जाको ५ प्रतिशत सिमा खारेजी गर्ने तयारी गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । बैंकहरुको खराब कर्जा बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले मुद्दतीमा लगानी गर्दा ५ प्रतिशतको निष्कृय कर्जा अनुपात (एनपिएल) को शर्त नीति खारेज गर्ने तयारी गरेको भेटिएको छ ।
व्यवसायी दुर्गा प्रसाईले पंक्तिकारसंग भनेः– असार पछि एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक ढल्दै छन् । डिपोजिटकर्ता आजैबाट होसियार हुनुपर्छ नत्र पछि पछुताउनु पर्ला नि । यता गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक बचाउन खराब कर्जाको ५ प्रतिशत सिमा खारेजी गर्ने तयारी गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । बैंकहरुको खराब कर्जा बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले मुद्दतीमा लगानी गर्दा ५ प्रतिशतको निष्कृय कर्जा अनुपात (एनपिएल) को शर्त नीति खारेज गर्ने तयारी गरेको भेटिएको छ । राष्ट्र बैंकले ३ वर्षअघिसम्म एनपिएल ५ प्रतिशतभन्दा माथि भएका बैंक तथा वित्तीय संस्थालाई शिघ्र सुधारका कारबाही (पिसिए) गर्ने गरेको थियो । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिने नियामकीय सहुलियतसमेत सुधार नहुँदासम्मलाई रोक्ने गरेको थियो । तर, राष्ट्र बैंकले कोभिडकालपछि र अघिल्लो वर्षदेखि समग्र अर्थतन्त्रमा छाएको आर्थिक मन्दीको प्रभावमा बैंकहरुको कर्जा असुली प्रभावित भएको र एनपिएल बढेको भन्दै पिसिए लगाउने व्यवस्था हटाएको देखिन्छ ।
चालू वर्षको दोस्रो त्रैमासमै ४ वटा वाणिज्य बैंकको एनपिएल ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा बढि गभर्नर साबको रोजाईको बैंक एनआईसी एशिया बैंकको खराब कर्जा पुगेको देखिन्छ । साथै, उक्त अवधिमा ११ वटा वाणिज्य बैंकको एनपिएल साढे ४ प्रतिशतमाथि छ ।
राष्ट्र बैंकले आफ्नो पैसा बैंकको मुद्दतीमा राख्दा भने बोलकबोल आह्वान गरी भाग लिने बैंकहरुको एनपिएल ५ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त हटाएको थिएन । चालू वर्षको दोस्रो त्रैमासमै ४ वटा वाणिज्य बैंकको एनपिएल ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा बढि गभर्नर साबको रोजाईको बैंक एनआईसी एशिया बैंकको खराब कर्जा पुगेको देखिन्छ । साथै, उक्त अवधिमा ११ वटा वाणिज्य बैंकको एनपिएल साढे ४ प्रतिशतमाथि छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको एनपिएलको ग्राफ बढेर ५ प्रतिशतमाथि पुग्न थालेपछि राष्ट्र बैंकले आन्तरिक लगानीको शर्तबाट एनपिएलको प्रावधान हटाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । भन्दा फरक पर्दैन । प्रवक्ता रामु पौडेलले पंक्तिकारसंग भनेः– आन्तरिक लगानी निर्देशक संशोधन गरेर एनपिएल ५ प्रतिशत कम हुनु पर्ने प्रावधान हटाउने तयारी गरिएको बताए । राष्ट्र बैंकले सर्वसाधारण निक्षेपकर्ताालाई समेत बैंकिङ कारोबार गर्दा बैंकहरुको जोखिम मूल्यांकन आधार बनाउने गरी निर्देशिका संशोधन गर्ने तयारी गरेको उनको भनाइ छ । यसैबाट पुष्टी हुन्छ । कि कसो ?
अब यो पनि हेरौं
एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक राष्ट्र बैंकको विशेष निगरानीमा !
नेपाल राष्ट्र बैंकले ‘टू बिग टु फेल’ को जोखिमबाट अर्थतन्त्र र बैंकिङ प्रणालीलाई जोगाउन ठूला वाणिज्य बैंकलाई सुपरिवेक्षणमा विशेष रुपले हेर्न सुरु गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले केही वाणिज्य बैंकलाई ‘प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंक’ (सिस्टमीकल्ली इम्पोर्टेन्ट बैंकको) को रुपमा हेर्दै स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका क्रममा सोही अनुसार व्यवहार गर्न थालेको भेटिएको छ । नेपाल राष्ट्र बैंकले वासलताको आधारमा ठूला २ बैंकलाई उच्च निगरानीमा राख्दै विशेष सुपरिवेक्षण सुरु गरेको हो । राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकलाई उच्च निगरानीमा राखेर सुपरिवेक्षण सुरु गरेको राष्ट्र बैंकका एक डिपुटी गभर्नरले पंक्तिकारसंग बताए ।
सानिमा, माछापुच्छ्रे, सिद्धार्थ लगायका सानो पुँजी र वासलात भएका बैंक र ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका ठूलो वासलात र पुँजी भएका बैंकलाई जोखिमको आधारमा एउटै रुपमा हेर्न नसकिने राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ ।
नीतिगत व्यवस्था हुँदा यी बैंक प्रणालीगतरुपमा महत्त्वपूर्ण बैंकहरू हुन् भनेर वर्गीकरण भएको छैन,’ ति डिपुटी गभर्नरले थपे वासलात तथा कारोबार जस्ता परिसूचकका आधारमा आधा दर्जन बैंकलाई सुपरिक्षणका क्रममा विशेष निर्देशन जारी गर्न सुरु गरेका छौं । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पनि चालु आर्थिक वर्षबाट एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकलाई प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंक मानेर विशेष निगरानी सुरु गरेको देखिन्छ । बैंकका सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले पनि प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंकहरूको पहिचान गरी सोही अनुसार नियमन तथा सुपरिवेक्षण मापदण्ड तय गर्न नीतिगत व्यवस्था नै गर्नुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई दिएको थियो । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले सोही मापदण्ड अनुसार नीतिगत व्यवस्था गरेको छैन । तर, यी २ वटा बैंकलाई भने प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंकको रुपमा हेर्दै सुपरिक्षणका क्रममा विशेष निर्देशन दिन सुरु गरेको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ । भन्दा फरक पर्दैन । सानिमा, माछापुच्छ्रे, सिद्धार्थ लगायका सानो पुँजी र वासलात भएका बैंक र ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका ठूलो वासलात र पुँजी भएका बैंकलाई जोखिमको आधारमा एउटै रुपमा हेर्न नसकिने राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ । राष्ट्र बैंकले वासलातका आधारमा ठूला २ वटा वाणिज्य बैंकलाई सुपरीवेक्षणका क्रममा थप निगरानी बढाएको हो । एनआईसी एशिया बैंककले पछिल्लो समय वासलातको आकार घटाए पनि ग्राहक संख्याको आधारमा ठूलो रहेकाले प्रणालीमा जोखिम पार्न सक्ने बैंकका रुपमा हेरिएको राष्ट्र बैंकका एक डिपुटी गभर्नरले पंक्तिकारसंग बताए ।
राष्ट्र बैंकले सुपरिवेक्षण क्रममा कडाई गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले पनि राष्ट्र बैंकको सुपरिवेक्षण विगतको भन्दा कडा भएको दाबी पंक्तिकारसंग गरे । ‘राष्ट्र बैंकले हामीलाई मात्रै कडाई गर्यो भन्ने लागेको थियो ।
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंकलाई पहिलो प्राथमिकता रिकभरी र त्यसपछि मात्रै कर्जा विस्तारमा ध्यान दिन अनौपचारिक निर्देशन दिँदै आएको छ । गत आवमा उच्च दरले कर्जा विस्तार गरेको नबिललगायतका बैंकलाई पनि धेरै आक्रमक नहुन राष्ट्र बैंकले निर्देशन दिँदै आएको स्रोत बताउँछ । राष्ट्र बैंकले सुपरिवेक्षण क्रममा कडाई गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले पनि राष्ट्र बैंकको सुपरिवेक्षण विगतको भन्दा कडा भएको दाबी पंक्तिकारसंग गरे । ‘राष्ट्र बैंकले हामीलाई मात्रै कडाई गर्यो भन्ने लागेको थियो । ठूला बैंकलाई प्रणालीगत रुपमा महत्त्वपूर्ण मनाएर कडाई गरेको हो भने बैंकिङ प्रणालीको लागि पनि सकारात्मक विषय हो,’ ती बैंकरले भने, ‘नीतिगत व्यवस्था गरेर नै कडाई गरेको भए अझै राम्रो हुन्छ । अर्थतन्त्र र बैंकहरूको वासलात समेतको आधारमा केही बैंकलाई नियमन र सुपरिवेक्षणमा फरक व्यवस्था गर्न जरुरी छ । त्यसमा हामी सकारात्मक छौं नि ।’ जे भए पनि दुर्गा प्रसाईले दाबी गरे झै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक असारपछि ढल्दै छन् त यो प्रश्नको उत्तर अब गभर्नर अधिकारीले दिनै पर्ने बेला आएको छ । सचेत भया ।