Sticky Breaking News
सिटिजन्स् बैंक भित्रको भित्री कथाः बैंक अफ दि एयर पाउनुको रहस्यः बैंकको सिस्टम सुरक्षीत छ, निर्धक्क भएर डिजिटल कारोबार गरौंः सिइओ पोखरेल


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड २०६४ सालमा क वर्गको वाणिज्य बैंकको रुपमा सबै प्रकारका वित्तीय आवश्यकता पूरा गर्नका लागि स्थापना गरिएको भरपर्दो साझेदार बैंक हो । बरिष्ठ बैंकर राजनसिंह भण्डारीले स्थापना कालदेखि नै यस बैंकका सिइओ भएर बैंकलाई एउटा सबल र अब्बल बैंक बनाएको इतिहास आफैमा साक्षी छ । हाल यस बैंकमा इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गर्नुभएका एवं उत्पादन मुलक उद्योगहरु तथा व्यपारमा २० बर्षभन्दा बढी अनुभव आर्जन गरेका प्रबलजंग पाण्डे अध्यक्ष छन् भने काठमाण्डौँ विश्वविद्यालयबाट एक्सिकिटिभ एमबिए तथा त्रिभुवन विश्वविद्यालयबाट एमबिए (मार्र्केटिङ) र बिएल (बैंकिङ) अध्ययन गर्नुभएका, २५ बर्ष लामो व्यवसायिक अनुभव भएका, व्यवसाय सञ्चालन तथा विकाश क्षेत्रमा विज्ञता र एक कुशल नेतृत्वकर्ताका रुपमा विभिन्न सरोकारवालाहरुसँग सुमधुर सम्बन्ध कायम राख्ने विशेष खुबी रहेका अनुभवी बैंकर गणेशराज पोखरेल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका छन् ।

यसका साथै बैंकमा प्रबद्र्धकहरुमा गन्यमान्य व्यक्तित्व, व्यापारिक तथा औद्योगिक घरानालगायत समाजमा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । उच्च व्यवसायिक तथा अनुभवी टिमद्वारा गठित यो बैंकले गुणस्तरीय सेवा मार्फत बैंकिङ्ग क्षेत्रमा विश्वासिलो पहिचान हाँसिल गर्दै अगाडी बढिरहेको छ । बैंकले नेपालभर १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । भन्दा फरक पर्दैन ।
बैंक अफ दि इयर २०२४
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘द बैंकर’ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो । बैंकिङ क्षेत्रको लागि विश्वकै प्रतिष्ठित अवार्ड मानिनै यो अवार्डले बैंकलाई थप जिम्मेवार बैंकिङ गर्न प्रोत्साहन र हौसला मिलेको छ ।

परम्परागत बैंकिङ मात्र नभएर बैंकिङ क्षेत्रमा केही नयाँ सेवासुविधा शुभारम्भ गरौं भन्ने योजनाका साथ फोन पेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । बास्तवमै यो नयाँ प्रयोग पनि हो । ‘बैंक अफ दि इयर’ अवार्ड सिटिजन्स बैंकको उत्कृष्टता, सुदृढ वित्तीय प्रदर्शन, ग्राहक सेवा, र नवीन रणनीतिहरूको उपलब्धि हो । भन्दा फरक नपर्ला । यो अवार्ड प्राप्त गर्न सबै कर्मचारी, ग्राहक, र सरोकारवालाहरूको योगदानले मुख्य भूमिका रहेको देखिन्छ ।
डिजिटल बैकिङ्ग
सिटिजन्स बैंकले डिजिटाइजेसनमा ठूलै छलाङ्ग मारिसकेका छन् । ग्राहकलाई घरमै बसेर सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले ‘स्मार्ट सर्भिस’ ल्याएको छ । बैंकले घण्टौंसम्म लाइनमा बस्नु नपर्ने र मोबाइलकै सहायताबाट सबै खालका वित्तीय सेवा लिन सकिने गरी स्मार्ट सर्भिस सेवा ल्याएको हो । जसमा ग्राहकहरुले बैंकको वेबसाइटमार्फत मोबाइल बैकिङ्ग, कार्ड सर्भिस, डिम्याट तथा मेरो सेयर र क्युआर सर्भिसहरु सहजै लिन सक्नेछन् ।
बैंकको वेबसाइटमार्फत ग्राहकहरुले सहजै घरमा बसी–बसी मोबाइल बैकिङ्ग, कार्ड सर्भिस, डिम्याट तथा मेरो सेयर र क्युआर सर्भिस लिन सक्नेछन् । योसँगै ग्राहकहरुले रियल टाइममै मेरो सेयर सर्भिस र सीआरएन रजिस्ट्रेसनको सेवा पनि लिन सकिनेछ । बैंककाअनुसार सिटिजन्स बैंकका ग्राहकहरुले घरमै बसी आफ्नो खातामा भएको रकम बुझ्न र वेबसाइटमार्फत मोबाइल बैकिङ्ग, डेबिट÷क्रेडिट कार्ड अप्लाई, डिम्याट अकाउन्ट तथा मेरो सेयरको लागि अप्लाई र क्युआर कोड समेत लिन सकिनेछ ।
बैंकले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र रू ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।

स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र रू ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।
आधुनिक युग अनुसार डिजिटल युगमा बैंकले फड्गो नै मारेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई दुई भागमा बाडेर काम गरेको छ । Internal Process र External Customer Experience ।External Customer Experience मा ग्राहकको पहुँच पुग्ने गरीMobile Banking, Internet Banking (Retail and Corporate), Self Service
KIOSK / Website बाट सेवाहरु प्रदान गरिराखेको छ । Internal मा digitization, paperless र Full process automation कार्यको काममा अगाडि बढिराखेका छ ।
अबको युग भनेको एआईको युग हो । ग्राहकहरुकोे ३६० view, ग्राहकको behavior र कारोबारलाई अनुगमन गर्ने गरी Customer data Analytics, Behaviour, Prediction / prospect customer थाहा पाउने गरी information / full internal work digitization रAutomation, data analytics, Robotic Process Automation, text to speech जस्ता AI tools को प्रयोग गर्दै Banking with AI को नयाँ युगमा प्रवेश गर्ने गरी भावी योजना समेत बनाएको देखिन्छ ।
बैंकले आगामी वर्षहरुमा डिजिटल रूपान्तरण र प्रविधिमा थप लगानी गर्दै डिजिटल सेवाहरूलाई सरल र प्रभावकारी बनाउँदै लाने योजना रहेको रहेको छ । नयाँ शाखाहरुको विस्तारसँगै ग्राहक सेवा केन्द्रहरूको स्थापना गर्ने, ग्राहकहरुको अपेक्षाअनुरुपको सेवाहरू उनीहरुमाझ ल्याउने, वातावरणमैत्री बैंकिङ अभ्यासलाई प्राथमिकतामा राखी कार्यहरु गर्दै जाने बैंकको योजना रहेको छ ।

६ वटा संस्थाहरुसंगको मर्जर इतिहास
सिटिजन्स बैंकले ६ वटा वित्तीय संस्थाहरु नेपाल हाउजिङ, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सृजना फाइनान्सलाई समेत मर्ज गरी सर्वसाधरणलाई शेयर जारी गरेकै बर्षदेखि निरन्तर रुपमा लाभांश वितरण गर्न सफल भएको छ । बैंकहरुको अस्तित्व नै नरहने गरी उद्योगमा मर्जरको बाढी आउँदा समेत सिटिजन्स बैंकले आफ्नो अस्तित्व जोगाउन सफल भएको छ ।
बाढिपहिरो पीडितलाई २५ लाख
२०८१ आश्विनमा परेको अविरल वर्षा, त्यसपछिको बाढीपहिरो लगायतका कारण प्रभावितहरुलाई राहात तथा उद्धार कार्यमा सहयोगका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले २५ लाख रुपैयाँ सहयोगको गरेको हो । बैंकले बाढीपहिरो पीडितको राहात तथा उद्धारका लागि प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको थियो ।
ग्रामिण क्षेत्रमा पहुँच
ग्रामीण क्षेत्रमा बाटो नभएको कृषियोग्य जमिन धितो राखेर ऋण लिनको लागि बैंकले फास्ट ट्र्याक लोनको व्यवस्था करिब एक दशक अघिदेखि नै गरिरहेको छ । ग्रामीण भेगका ग्राहकहरुलाई बैंकमा नआई नै कारोबार गर्न सकिने मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका सेवासुविधा उपलब्ध गराएको छ । कृषि, साना तथा मझौला उद्यम, र उद्यमशीलतालाई प्रोत्साहन गरिरहेको छ । Virtual credit card & Health & wealth saving account जस्ता योजनाहरू ल्याएको छ, जसले स्थानीय समुदायलाई सशक्त पार्ने काम समेत गरेको छ ।
हरित बैंकिङको अवधारणा
सिटिजन्स बैंकले स्थापनाकालदेखि नै हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको छ तथा बैंकले एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहकार्यमा सहवित्तीयकरणमार्पmत कर्जा लगानी गरिरहेको छ । हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधीन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा यस बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हाल सम्म १५ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंकको रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी गरेको छ। साथै कागजविहीन बैंकिङ प्रक्रियालाई प्रोत्साहन गर्न बैंकले स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । जनवरी १, २०२४ देखि वर्षभरि खोलिने प्रत्येक स्मार्ट बचत खाताको नाममा एक रूख रोपिने योजना बैंकले संचालन गरिरहेको छ । हरित कर्जा परियोजनाहरूमा पनि उत्तिकै प्राथमिकताका साथ लगानी गरिरहेको छ ।
वित्तीय साक्षरता कार्यक्रममा अग्रणी भूमिका
बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । विभिन्न जिल्लाका पालिकाहरुसँग समन्वय गरी विभिन्न तहमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । ‘बैंकको काम भनेको वित्तीय सेवासँगै वित्तीय साक्षरता पनि बढाउनु हो, बैंकले वित्तीय साक्षरताका लागि बैंकको शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रमहरु गर्दै आइरहेको देखिनछ ।
भ्रम समाचार प्रति बैंकको आपत्ती !
केही समयअघि देखि केही मिडियाहरु र सामाजिक सञ्जालमा सिटिजन्स बैंकको सिस्टममा समस्या रहेको र बैंकको खातामा रहेको पैसा ह्याक गरी चोरी भएको भन्ने समाचार प्रति बैंकले आपत्ती जनाएको छ ।
@citizensbankltd #ceomindset #citizensbank #yourpartnerforprogress #staysafe ♬ original sound – Citizens Bank International
बैंकका सिइओ गणेशराज पोखरेलले बैंकको सिस्टम एकदमै सुरक्षित रहेको कुनै समस्या नरहेको र सबै कारोबारहरुलाई डिजिटल बनाई अगाडी बढी रहेको बताए । ग्राहकहरुले पनि यसको भरपूर सुविधा उठाइरहेको समेत दाबी गरे । ग्राहकहरुले आफ्नो मोबाइल, घरबाट र अन्य ठाउँहरुबाट डिजिटल कारोबार गर्दा आफ्नो पासवर्ड सुरक्षीत राख्न समेत आग्रह गरे । बैंकले धेरै ठुलो लगानीमा इन्टरनेशनल सफ्वेयर फिनाकलबाट कारोबार गर्ने हुँदा बैंकको कारोबार अत्यन्तै सजिलो र सुरक्षीत रहेकाले ग्राहकहरुले भ्रामक सूचनाहरुको पछि नलागी ढुक्कसंग कारोबार गर्न आग्रह गरे ।
यी र यस्ता महत्वपूर्ण काम गर्दै आएको यस बैंकको वित्तिय सूचक र वित्तिय प्रणाली अब्बल, सक्षम र सबल छ । बैंकको २०८०÷०८१ को मंसिर अन्त्यसम्म रु. १९५,८२९,४००,३८३.६७ डिपोजिट रहेको छ भने सोही अवधी भित्रमा रु. १६०,७३३,६०५,४३८.४६ कर्जा प्रवाह गरेको छ भन्दा अब चाहि फरक पर्दैन ।