जोडिनुहोस
सोमवार, बैशाख ८, २०८२
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • सलिकोले इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

सलिकोले इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झाैता भएकाे छ ।इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झाैता भएको हाे । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (चंकी क्षेत्री) र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रीता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ । यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्।

उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?