जोडिनुहोस
आइतवार, चैत्र १६, २०८१
आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • अर्थमन्त्री पौडेललाई राजस्वको संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल

अर्थमन्त्री पौडेललाई राजस्वको संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल

अर्थतन्त्रमा निक्कै सुधार गरेको दाबी गरिरहेका अर्थमन्त्री विष्णु पौडेल राजस्वको संशोधित लक्ष्य समेत पूरा गर्न नसक्ने अवस्थामा देखिएका छन्। उनले सात महिनामा जम्मा ६ खर्ब ४२ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएका छन्। यो रकम पुससम्मको लक्ष्यभन्दा पनि कम हो। पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। तर माघमा ८३ अर्ब रुपैयाँ थपिंदा पनि पुसकै लक्ष्य प्राप्त हुन सकेको छैन।

राजस्वको लक्ष्यमा सफल हुन नसकेपछि मन्त्री पौडेलले माघ २४ गते मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएका थिए। संशोधनमार्फत राजस्वको आकार १ खर्ब ३३ अर्ब रुपैयाँ घटाएर १२ खर्ब ८६ अर्ब रुपैयाँमा झारिएको छ। संशोधित लक्ष्य पूरा गर्न सरकारले पाँच महिनामा ६ खर्ब ४४ अर्ब अर्थात हरेक महिना १ खर्ब २८ अर्ब ८० करोड रुपैयाँका दरले राजस्व उठाउनुपर्छ। जुन सहज नभएको माघको असुलीले देखाएको छ।

राजस्व संकलनदेखि अनुदान प्राप्तिको लक्ष्यमा चुक्दा सरकार ९५ अर्ब रुपैयाँले घाटाको अवस्थामा छ। सरकारले यो वर्ष ४५ अर्ब अनुदान प्राप्तिको लक्ष्य लिएकामा सात महिनामा जम्मा १६.८७ प्रतिशत अर्थात ८ अर्ब ८२ करोड रुपैयाँ प्राप्त भएको छ।सरकारले सबै शीर्षकमा ६ खर्ब ५९ अर्ब ७३ करोड रुपैयाँ प्राप्त गरेकामा ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ।सरकारी खाताको घाटा बढेपछि मन्त्री पौडेलले अर्थ सचिव तथा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरेका छन्।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका