जोडिनुहोस
आइतवार, चैत्र १६, २०८१
आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • विद्युतीय गाडी खरिदमा ‘कडाई’, सेयर लगानीकर्तालाई ‘दुखाई’

विद्युतीय गाडी खरिदमा ‘कडाई’, सेयर लगानीकर्तालाई ‘दुखाई’

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गरेका छन्। जसमा बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू समावेश गरिएका छन्। बैंकरहरूको मागलाई सम्बोधन गर्दै असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजन राख्ने निर्णय गरिएको छ। यसअघि असल कर्जामा १ दशमलब १० प्रतिशत प्रोभिजन राख्नुपर्ने व्यवस्था थियो। लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदरलाई आगामी २०८२ जेठदेखि आधारदरसँग आबद्ध गर्ने निर्णय गरिएको छ। जसले लघुवित्त ग्राहकहरूको ऋण लागतलाई स्थिर बनाउने अपेक्षा गरिएको छ।अहिले आधारदरसंग आबद्द गर्ने भनिएपनि आधार दरमा बढीमा कति प्रतिशतसम्म ब्याज तोक्न पाइने भन्ने कुरा राष्ट्र बैकले पछि सर्कुलर मार्फत खुलाउने अपेक्षा गरिएको छ।

बैंकहरूको विदेशी विनिमय कारोबारमा सुधार ल्याउने उद्देश्यले ननडेलिभरेबल फरवार्ड (NDF) को प्राथमिक पुँजीको सीमा १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको छ। यस निर्णयले विदेशी विनिमय कारोबारलाई सहज बनाउने विश्वास गरिएको छ। व्यक्तिगत तथा विद्युतीय सवारी साधन खरिदमा कर्जाको ऋण मूल्य अनुपात (LTV) ६० प्रतिशतसम्म कायम गरिएको छ, जसले ग्राहकहरूलाई केही सहजता प्रदान गर्नेछ। ययसअघि विद्युतीय गाडीको खरिदमा २० प्रतिशत डाउनपेमेन्ट र नन इभि अर्थात पेट्रोल, डिजेल र हाइब्रिड सवारीमा ६० प्रतिशत डाउनपेमेन्ट कायम गरिएको थियो। यो व्यवस्थाले विद्युतीय गाडी खरिदमा केहि कडाई देखिएको छ भने नन विद्युतीय गाडी व्यवसायीलाई समान प्रतिस्पर्धाको ठाउँ दिएको छ।

मौद्रिक नीतिमा नीतिगत दर (Policy Rate) मा कुनै परिवर्तन गरिएको छैन। राष्ट्र बैंकले मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखेको थियो, तर मुद्रास्फीति उक्त सीमाभन्दा माथि पुगे पनि राष्ट्र बैंकले तत्काल नीतिगत दर परिवर्तन नगर्ने निर्णय गरेको छ। यस समीक्षासँगै नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्वलाई कायम राख्दै अर्थतन्त्रमा तरलता व्यवस्थापनका उपायहरू लागू गर्ने संकेत दिएको छ। तर धितोपत्र बजारका शेयर लगानीकर्ताको लागि भने अर्धबार्षिक समिक्षा ‘दुखाई’ को बिषय बनेको छ। अर्ध बार्षिक समिक्षा मार्फत शेयर धितो कर्जाको माथिल्लो सिमा हट्ने र शेयर धितो कर्जाको जोखिम भार डेढ सयबाट सयमा झारिने अपेक्षा गरिएको थियो। त्यहिअनुसार, पछिल्लो केहि दिन यता शेयर बजार परिसूचक नेप्सेमा समेत वृद्धि आएको थियो।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?