जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक

सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक

 महालक्ष्मी बैंकले सुनको धितो कर्जाको विषयमा स्पोष्टक्ति दिएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुरको ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   

बैंकले विज्ञेप्तिमा भनिएको छ– बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय हो । बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।      

बैंकका अनुसार २०७८ भाद्र १८ गते शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएका छन् । 

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका