जोडिनुहोस
सोमवार, चैत्र १०, २०८१
सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • ऋण लिएर घरघडेरी जोड्ने बढे

ऋण लिएर घरघडेरी जोड्ने बढे

बैंकहरुको व्याजदर घटेसँगै कर्जा लिएर घर घडेरी किन्नेहरुको संख्या बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म व्यक्तिगत घरकर्जामा बैंकहरुले लगानी बढाएका छन् । पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा झन्डै साढे ४ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको माघ मसान्तसम्म आइपुग्दा २० वटा बैंकहरुले यस्तो शीर्षकको कर्जा ३ खर्ब १८ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने यो ४.३६ प्रतिशत बढी हो । पछिल्लो एक वर्षमै बैंकहरुले थप १२ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा दिएका छन् ।

अधिकांश बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकमा बढाएका छन् । हाल बैंकहरुले व्यक्तिगत आवसीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाउँछन् । पहिलो पटक घर निर्माण, खरिद गर्नका लागि बैंकबाट सो बराबरको सीमा ऋण लिन पाउने राष्ट्रको व्यवस्था छ ।

समीक्षा अवधिमा १२ वटा बैंकले व्यक्तिगत घर कर्जा बढाएका छन् । तर, एनआइसी एशियासहित ८ वटा बैंकको भने घटेको देखिन्छ । यस्तो कर्जा बढाउनेको पहिलो सूचीमा सिद्धार्थ बैंक छ । एक वर्षको अवधिमा बैंकले व्यक्तिगत आवासीय घर कर्जा २९.१५ प्रतिशत बढाएको छ । गत आवको माघ मसान्तसम्म बैंकले १० अर्ब ४३ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, चालु आवको सोही अवधिमा भने ३ अर्ब ४ करोड १७ लाख रुपैयाँ बढेर १३ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

ग्लोबल आइएमईले पनि घर बनाउन ३७ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कर्जा दिएको छ । यो गत आवको तुलनामा भने २८.१७ प्रतिशत बढी हो । यस्तै, सानिमा बैंकको यस्तो कर्जा २७.३३ प्रतिशत, कृषि विकासको २३.०५ प्रतिशत, कुमारी बैंकको २१.६५ प्रतिशत, राष्ट्रिय वाणिज्यको १९.४० प्रतिशत, नबिलको १३.३८, स्ट्याण्र्ड चार्टर्डको ११.२२ र एनएमबिको ११.२० प्रतिशत वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार सिटिजन बैंकले व्यक्तिगत आवासीय घर कर्जा ७.८२ प्रतिशत, प्राइमको ६.०७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.८१ प्रतिशत वृद्धि भएको छ ।

समीक्षा अवधिमा ८ वटा बैंकले भने व्यक्तिगत आवासीय घर कर्जा घटाएका छन् । सबैभन्दा धेरै नेपाल बैंकले घटाएको छ । गत वर्षको तुलनामा नेपाल बैंकको यस्तो कर्जा २१.१३ प्रतिशत घटेर ७ अर्ब ३ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, एनआइसी एशिया बैंकको यस्तो कर्जा पनि १६.०६ प्रतिशत घटेर ५१ अर्ब ६४ करोड ४ लाख रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत घर कर्जा ११.९६ प्रतिशत, हिमालयन बैंकको ९.८५ प्रतिशत, लक्ष्मी सनराइजको ७.९९ प्रतिशत, प्रभूको ५.६८ प्रतिशत, माछापुच्छ्रे १.६२ प्रतिशत, एभरेष्टको १.२२ प्रतिशत घटेको छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?