जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ज्योति विकास बैंक नेपालपे कार्ड र नेशनल कार्ड सुइचमा आवद्ध

ज्योति विकास बैंक नेपालपे कार्ड र नेशनल कार्ड सुइचमा आवद्ध

ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपालपे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै नेशनल कार्ड सुइच (एनपीएस–एनसीएस) को पूर्वाधार तयार भएको घोषणा गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै कार्ड प्रणाली नेपालपे कार्ड जारी तथा स्वीकृति गर्न सञ्जाल जडान गर्न आह्वान गरेको थियो।

यस सञ्जालको व्यावसायिक सञ्चालनपश्चात् ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउन र त्यसमार्फत कारोबार गर्न सक्नेछ।

एनपीएस–एनसीएस प्रणाली विभिन्न कार्ड सञ्जालबीच आपसी जडान कायम गर्ने एक केन्द्रीय कार्ड सञ्जाल हो र यसले स्वदेशी कार्ड कारोबारहरूको मार्गनिर्देशन र रकम मिलान गर्न सहयोग गर्छ।

यसको पूर्ण कार्यान्वयनपछि कार्ड कारोबारको लागत घट्ने, डाटा नेपालमै सुरक्षित रहने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ प्रविधिको विकास र विस्तार हुने अपेक्षा गरिएको छ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका