जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सले अनलाईन बीमा दाबी शुभारम्भ

सिटिजन लाइफ इन्स्योरेन्सले अनलाईन बीमा दाबी शुभारम्भ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ । कम्पनीले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमासेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

यस सुविधा मार्फत अब देखी सेवाग्राहीरबीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनवाट दावी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ ।

सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए ।

बीमा शुल्क भुक्तानी व्यवस्थाको लागी इसेवा  , कनेक्ट आइपीअएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत संचालन ल्याएको छ

8885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?