जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको गैर बैकिङ्ग सम्पत्ति डरलाग्दो पहिलो ग्लोबल आईएमई, दोस्रो हिमालयन तेस्रो एनआईसी एशिया, शून्य स्ट्याण्डर्ड चार्टर्ड !

२० वाणिज्य बैंकहरुको गैर बैकिङ्ग सम्पत्ति डरलाग्दो  पहिलो ग्लोबल आईएमई, दोस्रो हिमालयन तेस्रो एनआईसी एशिया, शून्य स्ट्याण्डर्ड चार्टर्ड !

नेपालमा सञ्चालित २० वाणिजय बैंकहरुको गैर बैकिङ्ग सम्पत्ती यति डरलाग्दोरुपमा बढेर गएको छ त्यो लेख्ने शब्द नै छैन भन्दा अब चाहि फरक पर्दैन । सबैभन्दा बढि गैर बैकिङ्ग सम्पत्ती नेपालबै सबैभन्दा बढि चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंकको छ भन्दा अब फरक पर्दैन । दोस्रोमा विगत ३ दर्शक देखि सदाबहार सिइओ अशोक राणा रहेको हिमालयन बैंकको गैर बैकिङ्ग सम्पत्ती रहेको भेटिएको छ भने तेस्रोमा सधैं विवाद र चर्चामा रहेको रोशन कुमार न्यौपाने सिइओ रहेको एनआईसी एशिया बैंकको गैर सम्पत्ती छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको रहेको तथ्याङ्गबाटै प्रस्ट देखिन्छ ।

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति ३८ अर्ब ४१ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । चैत महिनासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पति ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबलमा ५ अर्ब ९९ करोड बराबरको यस्तो सम्पति छ । दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १४ रुपैयाँ र तेस्रोमा एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पति रहेको छ । सबैभन्दा कम नेपाल बैंकमा २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको यस्तो सम्पत्ति शून्य देखिन्छ ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका