जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हिमालय एअरलाइन्स् बन्यो ‘आईओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एअरलाइन्स् बन्यो ‘आईओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’ मा दर्ता भएको वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशनले कम्पनीलाई सन् २०२५ को मार्च ३ सम्म मान्य हुने गरी आईओएसए प्रमाणीकरण गरेको हो ।

‘हिमालय एअरलाइन्स् प्रालि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, प्रमाणपत्रमा लेखिएको छ ।

आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्ने कम्पनीले बताएको छ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्ने बताए ।

उनले भने, ‘हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिएको छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।’

यस्तै उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले भनिन्, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु ।’

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका