जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाको संख्या १०७, शाखा कार्यालय कति?

बैंक तथा वित्तीय संस्थाको संख्या १०७, शाखा कार्यालय कति?

वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झरेको छ। वि.स २०८१ असार मसान्तदेखि नै बैंक तथा वित्तीय संस्थाको संख्या यही रहेको छ।

राष्ट्र बैंकका अनुसार तीमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

वि.स २०८० को असार मसान्तसम्म यस्तो बैंक तथा वित्तीय संस्थाको संख्या ११२ थियो। लघुवित्त कम्पनीहरूको संख्या ५७ रहेकोमा मर्जर लगायतका कारण अहिले घटेर ५२ मा झरेका हुन्।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयको संख्या ११ हजार ५०५ मा झरेको छ। जसमध्ये वाणिज्य बैंकको ५ हजार ८३, विकास बैंकको १ हजार १३३, फाइनान्स कम्पनीको २९१ र लघुवित्त कम्पनीको ४ हजार ९९८ रहेको छ। वि.स २०८० को असार मसान्तसम्म यस्तो शाखा कार्यालयको संख्या ११ हजार ५८९ थियो।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका