जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • बैंकहरु उद्यमशीलता प्रवर्द्धनमा हातेमालो गर्न तयार छन्ः माधव आचार्य

बैंकहरु उद्यमशीलता प्रवर्द्धनमा हातेमालो गर्न तयार छन्ः माधव आचार्य

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव माधव आचार्यले नेपालमा उद्यमशीलता विकासका लागि कानूनी संरचना, साेंच र प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएका छन्। काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले भने, ‘बैंक र उद्यमीबीचको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ, बैंक उद्यमीका लागि र उद्यमी बैंकका लागि अपरिहार्य हुन् ।’

तर स्टार्टअप र नयाँ व्यवसायमा जोखिम बढी हुने भएकाले बैंकलाई कर्जा प्रवाह गर्दा सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘ऋण दिनुअघि रिकभरीको अवस्था कस्तो छ, कति छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ ।’
कर्जा लगानी पछिको प्रक्रिया र संरचनामा समस्या देखिएको उनको भनाइ छ ।

यस्तै उनले केही व्यक्तिहरुमा बैंकबाट लिएको ऋण फिर्ता गर्नु पर्दैन भन्ने मानसिकता रहेको भन्दै यस्तो भ्रममा पर्न नहुने बताए । उनले कर्जाको लगानीपछि तिर्नुपर्छ भन्ने जिम्मेवारीबोधको सोंच पनि विकसित हुन जरुरी रहेको बताए ।
स्थानीय प्रतिनिधिले नै बैंकले धितो सकार गर्न खोज्दा अवरोध सिर्जना गर्ने गरेको बताए ।

आचार्यले कानून बनाउने र कार्यान्वयन गर्ने अधिकारीहरू स्वयंले उद्यमशिलताको मर्म नबुझेको आरोप लगाए । उनले हालको अवस्थामा बैंकहरुले उद्यमशीलता प्रवद्र्धनमा हातेमालो गर्न चाहेको उल्लेख गरे । ‘हामी बैंकहरू उद्यमीलाई साथ दिन तयार छौं। तर प्रणालीले सहज ऋण प्रवाह गर्न नसक्दा समस्या भएको छ’आचार्यले भने।

उनका अनुसार उद्यमशीलताको विकासको दृष्टिले नेपालमा अपार सम्भावना छ, तर सबैभन्दा पहिला सोच परिवर्तन हुनुपर्छ । ‘नेपाल समाजमा सबैभन्दा पहिला माइन्डसेट चेन्ज आवश्यक छ। सोंच परिवर्तन बिना विकास सम्भव छैन,’ उनले भने । उनले राज्यको अनुदान र कर्जासम्बन्धी नीति उपयोगी भए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको बतँए ।

815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका