जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • साउनमा बैंकिङ कसुरमा पक्राउ पर्नेको संख्या गत वर्षभन्दा ७७ प्रतिशतले घट्यो

साउनमा बैंकिङ कसुरमा पक्राउ पर्नेको संख्या गत वर्षभन्दा ७७ प्रतिशतले घट्यो

गत आर्थिक वर्ष २०७९/८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा बैंकिङ कसुरको मुद्दामा पक्राउ पर्नेहरुको संख्या ७७ प्रतिशतले कम भएको छ ।

नेपाल प्रहरीका अनुसार गत आव २०७९/८० मा साउनमा १३ जना बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका थिए । यो आवको साउनमा भने गत वर्षको तुलनामा ७६.९२ प्रतिशत कम अर्थात् ३ जना मात्रै पक्राउ परेका छन् ।

बैंकिङ कसुरको मुद्दामा चालु आवको साउन ११ गते फरार अभियुक्त चितवनका गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको थियो ।

त्यस्तै, साउन १५ गते प्रहरीले बैंकिङ कसुरका साथै ठगी मुद्दामा सिन्धुपाल्चोक चौताराका दिनेश सापकोटालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटबाट पक्राउ गरिएको हो ।

साउन २६ गते प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार रहेका दोलखाको मेलुङ गाउँपालिकाका दिनेश कोइरालालाई पक्राउ गरेको थियो । कोइराला काठमाडौं महानगरको वडा नम्बर १ भाटभटेनीस्थित राधा देवी ग्रुपका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध आफ्नो नाममा रहेका बैंक खाताहरुमा पर्याप्त रकम नभएको भन्ने जानीजानी विभिन्न व्यक्तिलाई भुक्तानी दिनुपर्ने रकमको चेक दिएको र पीडितको रकम फिर्ता नगरी फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको थियो । उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको थियो

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका