जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंकिङ क्षेत्रले विगतका गल्तीहरुबाट सिक्दै भविष्यमा दोहोरिन नदिन सतर्क हुनुपर्छः महाप्रसाद अधिकारी

बैंकिङ क्षेत्रले विगतका गल्तीहरुबाट सिक्दै भविष्यमा दोहोरिन नदिन सतर्क हुनुपर्छः महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल बैंकर्स संघले आयोजना गरेको विदाइ कार्यक्रममा उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पु¥याएको सकारात्मक योगदानको प्रसंशा गरे ।

उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभइ, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए । अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका