जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बेष्ट फाइनान्समा विवाद, अध्यक्षलाई हटाउने तयारी

बेष्ट फाइनान्समा विवाद, अध्यक्षलाई हटाउने तयारी

बेष्ट फाइनान्सको सञ्चालक समितिमा विवाद सिर्जना भएको छ । संस्थाका अध्यक्ष अमिरध्वज प्रधानले एकलौटी निर्णय गरेको भन्दै ३ जना सञ्चालकहरुले अध्यक्षलाई नै हटाउने गरी तयारी सुरु गरेका छन् ।

सञ्चालक समितिमा बहुमत पुर्‍याएर अविश्वासको प्रस्ताव लैजाने केही सञ्चालकहरुले तयारी सुरु गरेका छन् । आगामी सञ्चालक समिति बैठकमा उक्त प्रस्ताव लैजाने सञ्चालकहरुले तयारी गरेका हुन् ।

‘अध्यक्षज्यूले निर्णयहरु एकलौटी गर्नुभयो, उहाँको नेतृत्वमा सधै संस्था अघि बढ्न नसक्ला’ एक सञ्चालक भन्छन्, ‘यसकारण पनि अविस्वासको प्रस्ताव लैजानै पर्ने भयो, तर अझै थोरै समय छ वहाँ सच्चिनुभयो भने समस्या समाधान हुन्छ ।’

संस्थाको सञ्चालक समितिमा अध्यक्ष प्रधानसहित ६ जना रहेका छन् । संस्थाको सञ्चालकहरुमा कृष्णहरी श्रेष्ठ, मिलन थापा, सुरज क्षेत्री, दीपक ढकाल र विमलप्रसाद ढकाल रहेका छन् । नेपाल राष्ट्र बैंकले निरीक्षण गरी संस्थामा केहि कैफियतहरु देखाएको छ ।

संस्थाका अध्यक्ष प्रधानकाअनुसार राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न १३ कात्तिकमा ५०६ औं बैठक बोलाइएको थियो । त्यस बैठकमा बहुमत सदस्यहरु उपस्थित भएनन् । बैठकमा ३ जना सञ्चालकहरु उपस्थित भएनन् ।

अध्यक्ष प्रधानले सोही दिन एक जना महिला सञ्चालक नियुक्ति गर्ने एजेण्डासमेत राखेका थिए । उपस्थित भएका कृष्णहरी र बिमल प्रसादले पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि एजेण्डामात्रै लेखेर बैठक स्थगित गरिएको थियो ।

१७ गते पुनः उनले ५०७ औं बैठक बोलाए । त्यस बैठकमा पनि ३ जना सञ्चालकहरु अनुपस्थित रहे । ३ जना सञ्चालक अनुपस्थित भएपछि बहुमत पुगेन । बहुमत नपुगे पनि सो बैठकले सुशिला खनललाई महिला सञ्चालक नियुक्त गर्‍यो ।

सोको जानकारी राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज समेत बुझाइयो । त्यसपछि भने ३ सञ्चालकहरु र अध्यक्षबीचको दूरी झन बढेको हो । पहिले नै एकलौटी गर्ने आरोप खेपेका अध्यक्ष विरुद्ध राष्ट्र बैंकमा उजुरी समेत परेको छ ।

राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारी अनुसार उजुरीपछि सञ्चालकहरुलाई बालुवाटार बोलाएर राष्ट्र बैंकले सम्झाएर पठाएको छ । ‘विवाद निकै उत्कर्षमा पुगेको थाहाँ पाएपछि हामीले बोलाएर छलफल गर्‍यौं, सच्चिनुस् भनेका छौं’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

महिला सञ्चालक नियुक्तिपछि अध्यक्षको पक्षमा बहुमत देखिएको छ । तर, बहुमत नपुगी गरिएको निर्णय भएका कारण अहिले त्यो निर्णय कार्यान्वयन नगर्न राष्ट्र बैंकले भनेको छ । यसकारण अध्यक्षका पक्षमा स्पष्ट बहुमत देखिएको छैन ।

जे आउँछ सामना गर्छुः अध्यक्ष

केही सञ्चालकहरुले आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको विषयमा आफू पनि जानकार रहेको अध्यक्ष प्रधानले बताए । आफू सँधै अध्यक्ष हुनुपर्ने पक्षमा नरहेको र आगामी साधारणसभाबाट छाड्ने तयारी गरेको उनले सुनाए ।

तर, त्यसअघि नै अविस्वासको प्रस्ताव आए आफूले सामना गर्ने उनले बताए । ‘अविश्वासको प्रस्ताव आउन पनि सक्छ, तर आएर मात्रै हुँदैन त्यसमा छलफल हुन्छ बहुमत पनि पुग्नु पर्यो’ उनले भने, ‘जे निर्णय हुन्छ त्यो त मान्नै पर्यो तर म यसै पनि छाड्ने पक्षमा नै छु ।’

अहिले नै छाड्दा नयाँ अध्यक्ष नै नयाँ नियुक्ति हुन नसक्ला भन्ने देखिएकाले आफूले नछाडेको उनले बताए । यद्यपि, अब विवाद समाधान हुने समेत उनको दावी छ । अन्य कुराहरु हुनुअघि नै समस्याहरु समाधान हुने उनले बताए ।

‘म त भन्छु यहाँ बिवाद नै छैन्, जो बिमित राख्नु भएको थियो उहाँहरुसँग कुरा सक्यो भन्दा पनि हुन्छ’ अध्यक्ष प्रधान भन्छन्, ‘संस्थालाई राम्रो बनाउन मिल्नु नै पर्छ, राष्ट्र बैंकको निर्देशन मान्नु नै पर्छ ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका