जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ।

एक कार्यक्रमका बीच सांग्रिला डेभलपमेन्ट बैंक जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई ‘कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेका हुन्।

सो अवसरमा शाखा प्रबन्धक थकालीले प्रत्येक वर्ष बैंकले विभिन्न संघ संस्था र विद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए। स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विशेषगरी दम र निमोनियाका विरामीको उपचारमा सहयोग पुग्ने बताइन्।

कार्यक्रममा घरपझोङ गाउँपालिका वडा नम्बर ३ का सदस्य थकालीले स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा बैंकले ठूलो योगदान गरेको बताए।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका