जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • टोखामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्‍चालनमा, देशभर शाखा सञ्‍जाल १२८ पुग्यो

टोखामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्‍चालनमा, देशभर शाखा सञ्‍जाल १२८ पुग्यो

एभरेष्ट बैंकले टोखामा आफ्नो १२८ औं शाखा सञ्‍चालनमा ल्याएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बैंक सञ्चालक समिति अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको भन्दै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए। बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्