जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • गभर्नर पौडेलसँग होटल व्यवसायीको भेट

गभर्नर पौडेलसँग होटल व्यवसायीको भेट

होटल संघ नेपालले बजेटमा भएका व्यवस्था कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको ध्यानाकर्षण गराएको छ।

संघको टोलीले सोमबार गभर्नर पौडेललाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो।

संघका अध्यक्ष विनायक शाहले होटलहरुलाई विशेष उद्योगसरह कर्जाको साँवा ब्याज भुक्तानी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे।

‘सरकारले होटललाई राष्ट्रिय महत्वको उद्योगको मान्यता दिएको हुँदा राष्ट्र बैंकले बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्दै कर्जा दिने नीति अवलम्बन गरिनुपर्छ,’ शाहले भने, ‘होटलहरुमा प्रयोग हुने विद्युतीय सवारी तथा भान्सामा प्रयोग हुने विद्युतीय उपकरण आयातमा सस्तो ब्याजदरमा ऋण प्रवाहको व्यवस्था मिलाइनुपर्छ।’

होटलको नाममा प्रिपेड डलर कार्ड वा डलर क्रेटिड कार्ड उपलब्ध गराउने व्यवस्था गर्न तथा पर्यटकहरुले एक पटकमा ३०० अमेरिकी डलर मात्र सटही गर्न पाउने सीमा बढाउन पनि संघले गभर्नरको ध्यानाकर्षण गराएको छ।

संघले बंगलादेश र श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटकले उनीहरुको देशको मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका