जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लाभांश पारित गर्दै सम्पन्न भयो हिमालयन लाइफको साधारण सभा

लाभांश पारित गर्दै सम्पन्न भयो हिमालयन लाइफको साधारण सभा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी रु. ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६रुपैयाको ८ प्रतिशत को दरले हुने रु. नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसैगरी सभाले संचालक समितिको आव २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि एनएफआरएसबमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक ए€बससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तब्य र संचालक सा्रैरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सेयरधनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका