जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनआरएनएको पहलमा वैदेशिक लगानी भित्र्याउन पहल, लगानी बोर्ड र प्रभु बैंकसँग छलफल

एनआरएनएको पहलमा वैदेशिक लगानी भित्र्याउन पहल, लगानी बोर्ड र प्रभु बैंकसँग छलफल

गैरआवसीय नेपाली संघ (एनआरएनए) समन्वयमा नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम की र लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टबीच भेटवार्ता भएको छ। नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको हो।

भेटवार्तामा डा. लीले नेपालमा कोरियाका लगानी भित्र्याउन सम्भव रहेको बताउँदै त्यसका लागि बोर्डले पहल गर्न सुझाव दिए। उनले विदेशी लगानी र प्रविधि भित्र्याएर कोरिया विकसित राष्ट्र भएको स्मरण गर्दै नेपालले त्यो वातावरण बनाउनुपर्ने धारणा राखे।

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गरेको थियो। संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र सोका लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए।

छलफलमा एनआरएनएकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, रोप वे नेपालका अध्यक्ष गुणराज ढकाललगायतको सहभागिता थियो।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका