
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन्। बैंकले विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी छुट्टाछुट्टै सम्झौता गरेको जनाएको छ।
यस सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट पाउने छन्। त्यस्तै, सामान्य ल्याब रुटिन, एक्स-रे, यूएसजी/इसीजी, सिटी स्क्यान/एमआरआई, खुला अपरेसन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू/एनआईसीयू/पीआईसीयूमा ५ प्रतिशत छुट पाउनु बैंकले जानकारी दिएको छ।
त्यसैगरी, बैंकका अनुसार विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स-रे, यूएसजी/इसीजी, खुला अपरेसन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट पाइनेछ। विशेष परीक्षण, ल्याब अपरेसन थियटर, आईसीयू/एनआईसीयू/पीआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यान/एमआरआईमा ७५० रुपैयाँसम्म छुट पाइनेछ।
छुट लिनका लागि बैंकका ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































