जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विकास बैंकहरुले २९ प्रतिशतसम्म बढाए ऋणको ब्याजदर

विकास बैंकहरुले २९ प्रतिशतसम्म बढाए ऋणको ब्याजदर

बैंक तथा वित्तीय संस्थाहरुले आफुखुशी ब्याजदर बढाएको भन्दै सर्वत्र विरोध भइरहेको छ । व्यक्तिदेखि उद्योगी व्यवसायीसम्मले बैंक तथा वित्तीय संस्थाको वृद्धि भएको  ब्याजदरको विरोध गरिरहेका छन् ।

यता विकास बैंकहरुले एक वर्षको अवधिमा २९ प्रतिशत भन्दाबढिले ब्याजदर बढाइसकेका छन् । विकास बैंकबाट ऋणीले ऋण लिँदा गत वर्षको भन्दा २९ प्रतिशत बढि ब्याज तिनुपर्ने भएको हो । अधिकांश बैंकहरुको लागतमा वृद्धि भएका कारणले बैंकहरुबाट ऋण लिँदा ब्याज महंगो भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको आन्तरिक प्रतिस्पर्धाका कारणले निक्षेपमा ब्याजदर वृद्धि गरेको हुँदा कोषको लागत बढेको छ । राष्ट्रिय स्तरका अधिकांश विकास बैंकहरुको कोषको लागत बढेको देखिन्छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कामना सेवा विकास बैंकको वेस रेट (आधारदर) १२.२३ प्रतिशत रहेको छ । भने स्प्रिड रेट ४.६७ प्रतिशत पुगेको छ । जसअनुसार बैंकको ब्याजदर १६.९ प्रतिशत पुगेको छ ।

गत वर्षको सोही अवधिमा बैंकको वेशरेट ८.५३ प्रतिशत रहेको थियो भने स्प्रिड रेट ४.५५ प्रतिशत रहेको थियो । बैंकको कोषको लागत ९.७३ प्रतिशत रहेको छ ।  गत वर्षको सोही अवधिमा बैंकको कोषको लागत ६.५१ प्रतिशत रहेको थियो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकबाट ऋण लिने ऋणीहरुले १६.६४ प्रतिशत ब्याज तिनुपर्ने भएको छ । गत वर्षको सोही अवधिमा बैंकको ब्याज १३.२२ प्रतिशत रहेको थियो । बैंकले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वेश रेट (आधारदर) १२.३० प्रतिशत रहेको छ भने स्पिड रेट ४.३४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वेशरेट ९.३४ प्रतिशत र स्प्रिड रेट ३.८८ प्रतिशत रहेको थियो । बैंकको लागत १०.१२ प्रतिशत रहेको छ ।

त्यसैगरी मुक्तिनाथ विकास बैंकको कोषको लागत १०.१५ प्रतिशत पुगेसँगै बैंकको ब्याजदर पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासम्म बैंकको कोषको लागत ६.९१ प्रतिशत रहेको थियो । यससँगै बैंकको ब्याजदर १७.४१ प्रतिशत पुगेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वेश रेट १२.४२ प्रतिशत र स्प्रिड रेट ४.९९ प्रतिशत पुगेको छ ।

गरिमा विकास बैंकको ब्याजदर १७.१७ प्रतिशत पुगेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वेश रेट १२.४८ प्रतिशत रहेको छ भने स्प्रिड रेट ४.६९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको कोषको लागत १०.१६ प्रतिशत रहेको छ गत आवको सोही अवधिमा बैंकको कोषको लागत ६.७५ प्रतिशत रहेको थियो ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको ब्याजदर १६.४५ प्रतिशत पुगेको छ । बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको कोषको लागत बढेसँगै बैंकको ब्याजदर वपनि बढेको हो । गत वर्षको सोही अवधिमा बैंकको ब्याजदर ११.९८ प्रतिशत रहेको थियो । यसैगरी, बैंकको वेशरेट ११.८९ प्रतिशत पुगेको छ भने स्प्रिड रेट ४.५६ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको कोषको लागत ९.६७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा उक्त लागत ६.०७ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ब्याजदर १६.८५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज १२.४३ प्रतिशत रहेको थियो । बैंकको कोषको लागत बढेसँगै ब्याजदर पनि बढेको हो । यस अवधिमा बैंकको कोषको लागत ९.७९ प्रतिशत पुगेको छ । त्यस्तै, वेश रेट १२.११ प्रतिशत रहेको छ भने स्प्रिड रेट ४.७४ प्रतिशत रहेको छ ।

त्यसैगरी लुम्बिनी विकास बैंकको पनि ब्याजदर बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको ब्याजदर १६.१७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज १३.०५ प्रतिशत रहेको थियो । बैंकको कोषको लागत बढेसँगै ब्याजदर पनि बढेको हो ।

यस अवधिमा बैंकको वेशरेट (आधारदर) ११.७० प्रतिशत पुगेको छ भने स्प्रिड रेट ४.४७ प्रतिशत पुगेको छ । त्यस्तै, बैकको कोषको लागत १०.०८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कोषको लागत ६.६० प्रतिशत रहेको थियो ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ब्याज १६.७४ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको कोषको लागत ९.९८ प्रतिशत पुगेसँगै ब्याजदर पनि बढेको हो । गत आवको सोही अवधिमा बैंकको कोषको लागत ६.२७ प्रतिशत रहेको थियो ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका